कारोबार


सामसङ ग्यालेक्सीमा अपग्रेड हुँदा ग्राहकलाई यस्ता सुविधा

सामसङ ग्यालेक्सीमा अपग्रेड हुँदा ग्राहकलाई यस्ता सुविधा

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १२:१४, काठमाडौँ

सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष अपग्रेड टु ग्यालेक्सी अभियान घोषणा गरेको छ। जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन्।

अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन्। अभियान अन्तर्गत ग्राहकहरूले ० प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधा पनि पाउनेछन्।

ग्राहकहरूले आफ्नो पुरानो सेलेक्टेड डिभाइस ल्याएर त्यसको मूल्यसँगै अधिकतम ८ हजार रुपैयाँसम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्।

सामसङले यसमा मोडलअनुसार छुट सुविधा पनि उपलब्ध गराएको छ। यसअनुसार एस२६ अल्ट्रामा १० हजार निश्चित छुट र ८ हजार एक्सचेन्ज बोनस दिएको छ। त्यसैगरी एस२६ प्लसमा २३ हजार र ८ हजार, एस २६ मा १० हजार र ८ हजार, ए५७ मा ५/५ हजार, ए३७ मा ५/५ हजार निश्चित छुट र एक्सचेन्ज बोनस दिइएको कम्पनीले जनाएको छ। 

त्यसैगरी विशेष अफरसँगै एनसेलको बोनस डेटा सुविधा पनि उपलब्ध हुनेछ। जसअनुसार एस२६ सिरिजमा ३९९ रुपैयाँ न्यूनतम एनसेल प्याक खरिद, हरेक पल्ट रिचार्जमा १५ जीबी बोनस डेटा र  १२ पटक रिचार्जका लागि १८० जीबी कुल डेटा पाइनेछ। ए५७/ए३७/ए१७ र एम१७ मा क्रमश: २९९ रुपैयाँ, १० जीबी र १२० जीबी डेटा सुविधा पाइने कम्पनीले जनाएको छ। 

यो अफर सीमित अवधिका लागि (मे २७ देखि जुन ३० सम्म) देशभरिका अधिकृत सामसङ रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा उपलब्ध हुनेछ। ग्राहकहरूलाई ईएमआई योजना, एक्सचेन्ज शर्त तथा अन्य जानकारीका लागि नजिकैको सामसङ स्टोरमा सम्पर्क गर्न अनुरोध गर्दै कम्पनीले नियम तथा शर्तहरू लागू हुने उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad