ad ad

कारोबार


श्रमिक दिवसमा अध्यक्ष गोल्छा र संघईले गरे थप समझदारी र सहकार्यको अपिल

श्रमिक दिवसमा अध्यक्ष गोल्छा र संघईले गरे थप समझदारी र सहकार्यको अपिल

नेपालखबर
बैशाख १८, २०७९ आइतबार १३:२२, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र महासंघको रोजगारदाता परिषदका सभापति रामचन्द्र संघईले १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मे दिवसको अवसरमा शुभ–कामना व्यक्त गरेका छन्।

आफ्नो शुभ–कामना संदेशमा अध्यक्ष गोल्छाले कोरोना महामारीको संक्रमणपछि उद्योग व्यवसाय सञ्चालन, काम गर्ने वातावरण, श्रम सम्बन्ध र श्रम बजारमा पनि ठूलो प्रभाव परेको उल्लेख गरेका छन्। 
‘कामको पुन संरचना, सीप विकास आधुनिक प्रविधिको वढदो प्रयोगसंगै श्रम सम्बन्धको व्यवस्थापन गर्नुपर्ने चूनौती थपिएका छन्’, उनले भनेका छन्, ‘कोरोना खोप लगाउन शुरू भए पछि कोरोना संक्रमणको दरमा निकै कमी आएको सन्र्दभमा अर्थतन्त्रले गति लिन लागेको अवस्थामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका घटना क्रमले मुलुकको अर्थतन्त्र कठीन मोडमा पुगेको र यसबाट आर्थिक गतिविधि र रोजगारीमा पर्न सक्ने प्रभाव र समस्यातर्फ हाम्रो ध्यानाकृष्ट भएको छ।’ 

अध्यक्ष गोल्छाले रोजगारदाता र ट्रेड युनियनबीचको संवाद र सहकार्यका माध्यमबाट श्रम सम्बन्ध सुधार र श्रमसम्बन्धी समस्याको समाधान हुनु पर्दछ भन्ने मान्यताका साथ काम गर्दै आएका उल्लेख गरेका छन्। 

‘असल औद्योगिक सम्बन्धको विकास गर्दै विद्यमान र आउने परिस्थितिको सामना गर्न थप समझदारी र सहयोगका साथ काम गर्न मे दिवसले हामी सवैलाई उत्प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु’, उनले भनेका छन्। 

आफनो शुभ–कामना सन्देशमा रोजगारदाता परिषद्का सभापति संघईले बितेको २ वर्षयताको अवधिमा महामारीको रूपमा फैलिएको कोरोना संक्रमणले मानव स्वास्थ्यको सुरक्षाको एवं आर्थिक विकासको गति गम्भीर रूपमा प्रभावित भएको बताएका छन्। 

‘हामी सबैसामू स्पष्ट नै छ। संक्रमणबाट सिर्जित विषम परिस्थिति, कार्य वातावरण र श्रम बजारमा आएको परिवर्तनलाई आत्मसाथ गर्दै अघि बढनु पर्ने चूनौती हामीसामु छ’, उनले भनेका छन्। 

कोरोना खोप लगाउन सुरु भएपछि संक्रमण घटनुको साथै मानवीय क्षतिमा कमी आए पनि कोरोनाको नयाँ नयाँ प्रकार फैलिने क्रम नरोकिएकाले पूर्णरूपमा जोखिममुक्त अवस्था नभएको उनको भनाइ छ। 

सोही कारण स्वास्थ्य सुरक्षाको ख्याल गर्दै आर्थिक गतिविधिलाई निरन्तरता दिनुको विकल्प नभएको उनले बताएका छन्।

आर्थिक गतिविधिले गति लिन थालेको अवस्थामा मुलुक आर्थिक संकटतर्फ उन्मूख हुन लागेको हो कि भन्ने चिन्ता बढेकोले यस्तो स्थितिमा उद्योग व्यवसायको सञ्चालन र रोजगारी प्रभावित हुने हुँदा आउने चुनौतीको सामना गर्न रोजगारदाता र श्रमिकबीच थप समझदारी र सहकार्यको अपिल गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .