ad ad

कारोबार


जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस पहिलो अडिसनबाट छनोट भए ३० बालबालिका

जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस पहिलो अडिसनबाट छनोट भए ३० बालबालिका

नेपालखबर
बैशाख ४, २०७९ आइतबार ११:२६, काठमाडौँ

वार्षिक परीक्षापछि फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासका लागि सिजन मिडियाले विगत १० वर्षदेखि निरन्तररुपमा आयोजना हुँदै आएको ‘ जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेज’ प्रतियोगिताको आज भएको पहिलो अडिसनमा ३० जना प्रतियोगी बालबालिकाहरुलाई छनौट गरिएको छ।

प्रतियोगिताको अडिसनमा निर्णायक मण्डलमा मिसेस ब्युटी क्विन नेपाल २०१९ की विजेता शान्ति लिम्बू ,मनिषा विमली र  जुम्वा प्रशिक्षक सोनाम केसी रहेका थिए। 

साथै अन्तिम अडिसन वैशाख १० गते गरिनेछ भने प्रतियोगीहरुको प्रशिक्षण ११ वैशाखबाट सुरु हुने आयोजक संस्था सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले जानकारी गराएका छन्। 

उनीहरुलाई तीन सातासम्म व्यक्तित्व विकाश सम्बन्धि विभिन्न प्रशिक्षण दिइने जनाइएको छ। बाल उपायोगी प्रशिक्षणसम्बन्धी विज्ञबाट गराइने पनि तुलाधरले जानकारी गराए।

प्रतियोगीहरुलाई चन्द्रागिरि हिल्स, साँगास्थित काठमाडौं फन भ्याली, भक्तपुर दरबारक्षेत्र, छाउनी स्रग्रहालय, गोदावरी वनस्पति उद्यान, जाउलाखेल चिडियाखान बालगृह, नेपाली फिल्म,नारायणहिटी दरबार संग्रहालय, अपाङ्ग बाल सेवा केन्द्र, वृद्धा आश्रमलगायतको विभिन्न स्थानको भ्रमण गराइनेछ भने विभिन्न खेलहरु साथै विधिन्न प्रतियोगितात्मक कार्यक्रमहरु गरिनेछ। 

प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दै छन्। जुनियर स्कुल प्रिन्सेस–२०२२ को चयन भने २०७६ वैशाख २४ गते राष्ट्रिय नाचघर जमलमा भव्य समारोहमाझ हुनेछ। यो प्रतियोगितामा जुनियर स्कुल प्रिन्सेज–२०२२ की वितेजाले छात्रावृत्ति ,साइकल साथै अन्य  विभिन्न उपहार प्राप्त गर्नेछिन्। 

यस्तो सहविजेता र उपविजेताले पनि विभिन्न उपहार पाउनेछन्। प्रतियोगितामा विभिन्न उपाधि पनि रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .