ad ad

कारोबार


१५औँ वर्षमा फेसियल हाउस

१५औँ वर्षमा फेसियल हाउस

नेपालखबर
पुस ११, २०७९ सोमबार ११:५६, काठमाडौँ

नेपालकै उत्कृष्ट ब्यूटी सैंलुन फेसियल हाउसले मुख्य कार्यालय काठमाडौं मलमा स्थापनाको १५औँ वर्ष मनाएको छ। 

विभिन्न उपलब्धि र चुनौतीका बाबजुद नेपालकै नम्बर १ ब्यूटिपार्लर बन्न सफल फेसियल हाउस १५ औं वर्षमा आइपुग्दा आफ्नो छुट्टै नाम र सान स्थापित  गर्न सफल भएको छ। 

कार्यक्रममा प्रमुख अतिथि महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, विशेष अतिथि नेपाल सुन, चाँदी तथा रत्न आभुषण संघका अध्यक्ष जोत्सना श्रेष्ठ। नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, राजनीतिक विश्लेषक प्रकाश रायमाझी लगायत कलाकर पत्रकारको बाक्लो उपस्थिति रहेको थियो। 

१५ वटा केक काट्दै सेलिब्रेसन गरिएको वार्षिकोत्सवमा महराले आगामी दिनमा फेसियल हाउसलाई नेपालका ७७ वटै जिल्लामा विस्तार गर्ने योजना समेत रहेको सुनाइन्। 

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले सयौंको संख्यामा महिला दिदी बहिनीहरुलाई रोजगारी दिनु सामान्य कुरा नभएको बताइन्। उनले महिला चम्बरले फेसियल हाउससँग सहकार्य गर्ने समेत बताइन्। 

त्यस्तै यो अवधिमा यस पार्लरको ब्राण्ड नेपालमा मात्र होइन अन्तर्राष्ट्रियजगत्मा पनि लोकप्रिय बनिसकेको छ। 

‘राष्ट्रिय उपभोक्तता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए। उनले केही वर्षअगाडि फेसियल हाउस बन्दनै गर्ने किसिमको प्रहार भएको स्मरण गर्दै सुष्मा महराको अत्मा विश्वासका कारण नै हामी अझ ठूलो फेसियल हाउसमा १५औँ वार्षिक उत्सब मनाइरहेको छौँ’, उनले बताए। 

राजनीतिक विश्लेषक प्रकाश रायमाझीले धमाधम मानिषहरु विदेश पलायन भइरहेको बेला रोजगारी युक्त व्यवसाय गर्नु नै पौरखी हातहरु भएको र यस्तै पौरखी हातहरुको प्रयासले नै देश समृद्ध तिर जाने उनले बताए। 

सबै प्रकारका सौन्दर्य सेवा एकै ठाउँमा प्राप्त गर्न सकिने फेसियल हाउसमा गुणस्तरीय सौन्दर्य सामग्री प्रशोधन गरी मात्र प्रयोग गरिने भएकाले सबै ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको हो। 

अनुभवी तथा दक्ष सांैन्दर्यकर्मीबाट सेवा प्रदान गरिने यो ब्युटिपार्लरका सेवाहरु सबै उत्कृष्ट नै छन्। 

अनुहार र कपालमा रहेका समस्यालाई फेसियल हाउसकी सञ्चालक एवं वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा आफैँले स्किन टेस्ट हेयर टेस्ट हेर्ने भएकाले पनि समस्या लिएर आउने ग्राहकहरुको भीड बढिरहेको छ। 

उनले दिने सल्लाह सुझाव र आफ्नो त्वचाको स्याहार कसरी गर्ने भन्ने अचुक उपाय दिने गर्दछन्। 

फेसियल हाउसमा गरिने  हेयर स्ट्रेट र हेयर कलर पनि लामो समयसम्म टिक्ने सेवाग्राही बताउँछन्।

चाडपर्वको अवसर पारेर ग्राहकहरूलाई विभिन्न सुविधा प्रदान गर्दै आएको फेसियल हाउसले सौन्दर्यको क्षेत्रमा आएका नयाँ–नयाँ टेक्नोलोजीहरुलाई पनि उत्तिकै प्राथमिकतामा राखेका कारण पनि यसप्रति ग्राहकको आकर्षण बढेको हो। 

सफा एवं सुन्दर वातावरणमा सेवा सञ्चालन गर्दै आएको फेसियल हाउसले नेपालका विभिन्न ठाउँमा आफ्नो शाखा विस्तार गरिरहेको छ। यसैबाट पनि फेसियल हाउसको लोकप्रियतालाई सजिलै बुझ्न सकिन्छ। 

प्रधान कार्यालय काठमाडौंको सुन्धारामा रहेको फेसियल हाउसले सीटीसी मल, चावहिल, पोखराको टे«ड मल, सुर्खेतको न्यूरोड र कैलालीको धनगढीबाट आफ्नो सेवा दिइरहेको छ। 

काठमाडौंको काठमाडौं मल वाट एकैपटक ८० जना भन्दा बढि सेवाग्राहीलाई सर्भिस दिइरहेको फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा वरिष्ठ सांैन्दर्यविद् सुष्मा महाराले  जानकारी दिएकी छन्। 

पmेसियल हाउसले  साना बच्चादेखि लिएर वृद्धवृद्धासम्मका लागि विभिन्न समयमा छुटाछुट्टै  प्याकेजहरु  ल्याउने गरेको छ। यस्ता प्याकेजले सेवाग्राही थप लाभाम्वित  भएका छन्। 

ट्याटू रिमुुभर, लेजर मेसिन, हेयर, व्यूटी र स्किन केयर मेसिन, स्किन टेष्ट, कृत्रिम परेला प्रत्यारोपण(आईलाईसिस एक्टेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअफ, पेयर सिन, डेडलक, हाईट्रा फेसियलजस्ता थुप्रै नयाँ पुस्तामा प्रचलित हुने प्रविधिहरु फेसियल हाउसमा उपलब्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .