ad ad

कारोबार


चौथो जेम एण्ड ज्वेलरी एक्स्पो शुक्रबारबाट, फेसन शोमा मलैका अरोरा र्‍याम्पमा

चौथो जेम एण्ड ज्वेलरी एक्स्पो शुक्रबारबाट, फेसन शोमा मलैका अरोरा र्‍याम्पमा

नेपालखबर
पुस २७, २०७९ बुधबार १४:५, काठमाडौँ

नेपाल रत्न तथा आभूषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ। 

पुस २९ देखि माघ १ गतेसम्म हुने एक्स्पोको अघिल्लो दिन अर्थात् मंसिर २८ गते, बिहीबार ज्वेलरी फेसन शो आयोजना गरिने संघले जानकारी दिएको छ। 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले टकिङ्ग नेपलिज ज्वेलरी ग्लोबली भन्ने मुख्य लक्ष्यका साथ कार्यक्रमको आयोजना गर्न लागेको र नेपालको गरगहना विदेशमा निर्यात गरी नेपाली अर्थतन्त्रमा सघाउ पु¥याउन एक्सपोको आयोजना गर्न लागेको जानकारी दिइन्। 

ज्वेलरी फेसन शोमा बलिउडकी चर्चित अभिनेत्री तथा मोडल मल्लैका अरोराले नेपाली पोशाक र गरगहनाका साथ ¥याम्पमा उत्रिने संघले जनाएको छ। होटल याक एन्ड यतिमा बिहीबार साँझ ६ बजे बलिउड अभिनेत्री अरोराले मोडलिङ्ग गर्न लागेका हुन्। निःशुल्क रुपमा प्रवेश पाइने जेम एण्ड ज्वेलरी एक्स्पोको उद्घाटन भने शुक्रवार होटल याक एन्ड यतिमा १२ः ३० मा हुने तय भएको छ। एक्स्पो बिहान १० देखि साँझ ७ बजेसम्म चालू रहनेछ। 

आयोजक समितिका द्धितीय उपाध्यक्ष तथा एक्स्पो संयोजनक शक्ति कुमार बेगानले भने, ‘ज्वेलरी फेसन शो” मा विख्यात भारतीय सिने अभिनेतृ एवं सञ्चारकर्मी मलैका अरोरा नेपाली पोशाक र आभुषणमा ¥याम्पमा प्रस्तुत हुँदा आर. वी. डाइमण्ड ज्वेलर्स प्रा.लि., गणपति ज्वेलर्स नेपाल प्रा.लि., सयपत्री (मेरिगोल्ड) ज्वेलर्स, क्वीन्स ज्वेल्स् प्रा.लि., धनश्री ज्वेलर्स, डि.सी. डाइमण्ड प्रा. लि. आदि विभिन्न प्रमुख ज्वेलर्स कम्पनीहरुले फेसन शो गर्नेछन्।’

पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले चालु पुँजी कर्जा संशोधनले तात्विक असर नगरेको र कर्जा व्याजदर एकलविन्दुमा झारेमा मात्र गरगहनाको लागतमा कम पर्न गइ मुल्य घट्न जाने बताए। १५ लाख जना यो व्यवसायसँग अप्रत्यक्ष रुपमा आश्रित रहेको र २५ हजारवटा आउटलेट रहेको यो व्यवसायले वार्षिक १० अर्बको राजस्व बुझाउँदा पनि अनुत्पादक क्षेत्र भनेकोमा उनले गुनासो गरे।

स्वदेशी वहुमूल्य धातु तथा रत्न, पत्थरको उत्खनन, प्रशोधन र उपयोग गरी आयातलाई यथाशक्य प्रतिस्थापन गर्ने, आयातित वस्तुलाई औद्योगिक कच्चा पदार्थको रुपमा मुलुक भरका आभुुपण व्यवसायीहरुले सहजरुपमा आवश्यकतानुसार उपयोग गर्न सक्ने अवस्थाको सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा बढी भन्दा बढी मूल्य अभिवृद्धि गर्ने र नेपाली मौलिक वहुमूल्य आभुषणको निकासीलाई प्रवद्र्धन गरी वैदेशिक व्यापारमा यस क्षेत्रको योगदानलाई थप विस्तार गर्ने लक्ष्यका साथ आप्mना गतिविधिहरुलाई संघले केन्द्रित गरिरहेको संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले बताए।

हिरा, जवाहरात आदि बहुमूल्य रत्न तथा पत्थरको वहुमूल्य आभुषण उत्पादन एवं कारोवार गर्ने  नेपाल रत्न तथा आभुषण संघ (नेग्जा) ले नेपाली पत्थरको प्रवद्र्धनका लागि पनि एक्स्पो सहायक सिद्ध हुने जनाएको छ। काइनाइट, ट्रुमिलिन जस्ता नेपाली पत्थरका साथ नेपाली शैलीका नेपालमा उत्पादिन गरगहनाको माग विदेशमा वढाउन र विदेशमा छरेर रहेका नेपालीहरुको ध्यानआकृष्ट गराउनका लागि एक्स्पोको आयोजना गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। 

टाइटल स्पोन्सरको रुपमा रहेको न्युड (द नेपाल डिस्टिलरी)का सुदिक्षा अधिकारीले नेपाली उत्पादन विश्वमा चिनाउन लागिएकोले आफूहरुले सहभागिता जनाएको बताए। अर्का स्पोन्सर एइसीसीका शैलेश झाले नेपाली सीप र कलाकौशललाई विश्व बजारमा पु¥याउन एक्स्पोको आयोजना गरिएको बताए। 

लामो समय चालू रहेको लकडाउनले समग्र व्यापार व्यवसायमा नै गम्भीर प्रतिकूल असर पर्न  गएको र उच्च मूल्यको वस्तुको कारोवार गर्ने व्यवसाय भएकोले आभुषण क्षेत्र झनै तहस–नहसको अवस्थामा पुगेको संघले जनाएको छ। यस व्यवसायमा आवश्यक पर्ने कच्चा पदार्थको आयात प्रति राज्यको दृष्टिकोण स्पष्ट नहुँदा र आयातको लागि अख्तियारी प्राप्त निकायमा व्यावसायिक सोचभन्दा पनि कर्मचारीगत सोच हावी भएकोले माग र आपुर्ति वीचको संतुलन मिल्न नसक्दा यो एउटा स्थायी समस्याको रुपमा देखा परेको संघले उल्लेख गरेको छ। 

महामारी नियन्त्रणमा आय पछि उद्योग, व्यापार, व्यवसाय आदिमा केही रक्त संचार हुंदै आएको छ र आभुषण व्यवसायका साथै मुलुकको समग्र अर्थतन्त्रमा सकारात्मक संदेश पुगोस् भनेर पनि इभेन्टको आयोजना गर्न लागिएको कार्यक्रममा बताइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .