कारोबार


३ करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

३ करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार ११:४, म्याग्दी

सडक डिभिजन कार्यालयले तीन करोड २१ लाख खर्चेर १४ किलो मिटर लामो लामाबागलुङ–बेनी सडकको मर्मतसम्भार गरेको छ। 

मालढुङ्गा–बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा नागरिकले कष्टपूर्ण यात्रा गर्दै आएका थिए। 

यो सडकको हुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो पन्छाएर फराकिलो पार्ने, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली, टेवा पर्खालसहितका संरचना  निर्माण गरिएको उक्त कार्यालयका इञ्जिनियर विष्णुप्रसाद लामिछानेले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad