अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार सम्झौता भएन भने नोभेम्बर १ देखि चीनले १५५ प्रतिशत भन्सार करको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।
ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा यो अभिव्यक्ति दिएका हुन्।
ट्रम्पले भने, 'धेरै देशले अमेरिकाको फाइदा उठाएका छन्, तर अब उनीहरूले यसो गर्न सक्दैनन्। चीनले ५५ प्रतिशत कर तिरिरहेको छ र यदि हामी सम्झौतामा पुगेनौँ भने नोभेम्बर १ देखि कर १५५ प्रतिशतसम्म बढ्न सक्छ।'
यसैबीच ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिेङसँग भेट्ने घोषणा गरेका छन्। उनका अनुसार उनीहरूबीच आगामी हप्तामा दक्षिण कोरियामा बैठक हुनेछ।
यस क्रममा अमेरिका र चीन दुवैका लागि फाइदाजनक समाधान खोजिने उनको भनाइ छ।
243
Shares

प्रतिक्रिया