नेपाली बजारमा सुन र चाँदीको भाउमा वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ पनि ९४ हजार ३ सय रुपैयाँमा पुगेको छ।
चाँदीको भाउ पनि बिहीबार प्रतितोला ३० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ।
198
Shares
प्रतिक्रिया