ad ad

कारोबार


सेयरधनीलाई वितरण गर्ने रकममा धेरै बैंक अब्बल, केही किन बने कमजोर?

सेयरधनीलाई वितरण गर्ने रकममा धेरै बैंक अब्बल, केही किन बने कमजोर?

नेपालखबर
साउन १२, २०७९ बिहिबार ११:२९, काठमाडौँ

गत आर्थिक वर्षको विवरण बैंकहरुले यही साउन २१ गतेभित्र सार्वजनिक गरिसक्नुपर्नेछ। यसअनुसार बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण सार्वजनिक हुने क्रम जारी छ।

बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा बैंकहरुको नाफा राम्रो देखिएको छ। अघिल्लो वर्षको तुलनामा धेरै बैंकको नाफामा वृद्धि भएको छ भने केही बैंकको नाफा गत आर्थिक वर्षकै हाराहारीमा देखिएको हो। 

खुद नाफाबाट वितरणयोग्य नाफा ठहर भएको रकम बैंकहरुले आफ्ना सेयरधनीलाई नगद लाभांश र बोनस सेयरको रुपमा वितरण गर्छन्।

बैंकको बोर्डले गरेको प्रस्ताव साधारणसभाबाट पारित गराएपछि लाभांश वितरण गर्ने व्यवस्था छ। यसरी वितरण हुने लाभांश अधिकांश बैंकको राम्रो स्थितिमा रहेको वित्तीय विवरणले देखाउँछ। तर केही बैंकको कमजोर अवस्था समेत रहेको देखिएको छ। 

२६ वटा वाणिज्य बैंकमध्ये हालसम्म ११ वटा वाणिज्य बैंकले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन्। तीमध्ये धेरैजसोले गत आर्थिक वर्षभन्दा यो वर्ष आफ्नो नाफा वितरण गर्ने हैसियत देखाएका हुन्। 
 

कुन बैंकको कस्तो छ वितरणयोग्य नाफा?
ग्लोबल आईएमई बैंक
हालसम्म सार्वजनिक भएको विवरणमध्ये ग्लोबल आईएमई बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै देखिएको छ। यस बैंकले यो वर्ष ३ अर्ब १९ करोड रुपैयाँ वितरण गर्नसक्ने हैसियत देखाएको हो। 

बैंकले २५ प्रतिशतले खुद नाफामा वृद्धि गरेको देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आवमा ५ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो। सो अवधिमा बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब १९ करोड ९३ लाख रुपैयाँ छ। बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासिकको वित्तीय विवरणअनुसार सो अवधिमा बैंकले २ खर्ब ७७ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५८ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

यसबाट बैंकले १८ अर्ब ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४९.५० प्रतिशत बढी हो। साथै, गत आवको असार मसान्तसम्म बैंकले १३ अर्ब ४७ करोड रुपैयाँ बढी खुद सञ्चालन नाफा कमाएको छ।  गत असार मसान्तसम्म बैंकको प्रतिसेयर मूल्य ३ सय १६ रुपैयाँ, प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा देखिएको छ। 

एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकको वितरण योग्य नाफा २ अर्ब २४ करोड रुपैयाँ रहेको छ। यस बैंकको गत आर्थिक वर्ष मा आर्जन गरेको खुद मुनाफा वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो। 

गत आर्थिक वर्षमा बैंकले ४ अर्ब५२ करोड रुपैयाँ देखिएको हो। बैंकको प्रतिसेयर आम्दानीतर्फ ३९रुपैयाँ १३ पैसा आर्जन गर्न बैंक सफल भएको छ। जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ। कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई ० दशमलव ४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ। त्यसैगरी बैंकको कुल पुँजी पर्याप्तता अनुपात १३ दशमलव ५१ प्रतिशत  छ।

नेपाल इन्भेष्टमेन्ट बैंक 
नेपाल इभेष्टमेन्ट बैंकको वितरणयोग्य नाफा २ अर्ब ३ करोड रुपैयाँ देखिएको छ। खुद नाफा भने भण्डै १५ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको खुद नाफामा बैंकले १४ दशमलव ८३ प्रतिशले वृद्धि गरेको देखिएको हो। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। 

१८ अर्ब ३० करोड रुपैयाँ चुक्ता पुँजि रहेको यस बैंकले ११ दशमलव १३ प्रतिशत लाभांश वितरणको क्षमता कामय गरेको छ। गत आर्थिक वर्षमा बैंकले  १ खर्ब ८४ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। ५ अर्ब ९४ करोड रुपौयँ खुद ब्याज आम्दानी गरेको छ। गत आर्थिक वर्षमा बैंकले ९ अर्ब ८७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै १ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १ दशमलव ४७ प्रतिशत र बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३२ पैसा रहेको वित्तीय विवरणले देखाएको हो। 

नेपाल क्रेडिट एण्ड कमर्स 
आफ्नो नाफा वृद्धि गर्नमा यो वर्ष सफल देखिएको यस बैंकको यस बैंकको वितरण योग्य नाफा १ अर्ब ४७ करोडदेखिएको छ। नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले एक वर्षमा २ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ। आफ्नो नाफामा यस बैंकले ५१ दशमलव ८७ प्रतिशत वृद्धि गरेको हो। 

अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँबराबरको नाफा कमाएको थियो। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा निक्षेप संकलन १ खर्ब ३४ अर्ब र कर्जा लगानी १ खर्ब २१ अर्ब भएको देखिएको छ। बैंकको खुद ब्याज आम्दानी ३२ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको हो। बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्ष १२ रुपैयाँ३२ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत वर्ष बढेर १८ रुपैयाँ १५ रुपैयाँ पुगेको छ।

यो अवधिमा त्यस्तै, सञ्चालन नाफा ३९ प्रतिशतले बढेर २ अर्ब ६७ करोड रुपैयाँ देखिएको हो। बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ। बैंकको जगेडा कोषको रकम २२ दशमलव ९ प्रतिशतले बढेर ५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। निष्कृय कर्जा१ दशमलव ९३ प्रतिशत पुगेको छ ।

लक्ष्मी बैंक नाफा
लक्ष्मी बैंक वितरणयोग्य नफा १ अर्ब २५ करोड देखिएको छ। बैंकको खुद नाफा भने नाफा १ अर्ब ६० करोड ३५ लाख भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकले आफ्नो खुद नाफा १ दशमलव ७६ प्रतिशतले बढाएको हो। 

अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ रहेको थियो। बैंकको वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी १८ दशमलव २७ प्रतिशत बढेको छ। यसअनुसार ४ अर्ब ८ करोड ८३ लाख ९६ हजार रुपैयाँ ब्याज आम्दानी देखिएको हो। गत असार मसान्तसम्ममा बैंकको सञ्चालन नाफा २ दशमलव १७ प्रतिशतले बढाएर २ अर्ब २८ करोड ४६ लाख ८६ हजार रुपैयाँ पुर्याएको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८ दशमलव १७ प्रतिशत बढेर ५ अर्ब ६२ करोड ४० लाख २८ हजार रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ।

सानिमा बैंक 
सानिमा बैंकको नाफा र वितरणयोग्य रकम गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सानिमा बैंकको नाफा १ दशमलव ०७ प्रतिशतले घटेको देखिएको हो। वितरणयोग्य नाफामा समेत १३ प्रतिशतले गिरावट आएको छ। बैंकको वितरण योगय नाफा यो वर्ष १ अर्ब ६८ करोड देखिएको हो।  

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा २ अर्ब २९ करोड २९ लाख रुपैयाँ नाफा गरेको देखिएको हो। बैंकको खुद ब्याज आम्दानी ५ दशमलव ३५ प्रतिशत बढेर ४ अर्ब ७६ करोड ७१ लख ९५ हजार रुपैयाँ आर्जन गरेको छ। गत असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा १ दशमलव ७६ प्रतिशत घटेर ३ अर्ब २५ करोड २५ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।  

कुल सञ्चालन आम्दानी ५ दशमलव ५७ प्रतिशत बढेर ६ अर्ब १४ करोड १३ लाख ८ हजार रुपैयाँ पुगेको छ। त्यस्तै वितरणयोग्य नाफा १३ दशमलव ०१ प्रतिशत घटेर १ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ। बैंकको चुक्ता पुँजी १७ प्रतिशत बढेर ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष ५ अर्ब ७७ करोड ८० लाख ९६ हजार रुपैयाँ पुगेको छ। 
बैंकको निक्षेप १ खर्ब ५७ अर्ब ५१ करोड ८५ लाख ३५ हजार रुपैयाँ र कर्जा १ खर्ब ३७ अर्ब १६ करोड १३ लाख ७१ हजार रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७० पैसा घटेर २० रुपैयाँ २४ पैसा कायम भएको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक
वित्तीय विवरणअनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ अर्ब ५९ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको देखिएको छ। गत आर्थिक वर्षमा बैंकले गत आर्थिक वर्षमा खुद नाफा २ अर्ब २६ करोड रुपैयाँ कमाएको छ। अघिल्लो वर्षको तुलनामा बैंकले आफ्ना नाफामा छलाङ मारेको छ। बैंकले ६२ दशमलव २७ प्रतिशतले नाफा वृद्धि गरेको हो। 

बैंकको वित्तीय विवरणअनुसारे १ अर्ब ५९ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ। न्यूनतम चुक्त पुँजि मात्रै रहेको यस बैंकले गत आर्थिक वर्षमा राम्रो नाफा आजर्न खर्च सफल देखिएको छ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्ता पुँजि ८ अर्ब रुपैयाँ हुनेपर्ने व्यवस्था गरेको छ। यस बैंकको  चुक्तापुँजी ८ अर्ब ५७ करोड रुपैयाँ  रहेको छ। गत आर्थिक वर्षमा बैंकले ९३ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकले ३ अर्ब ७५ करोड रुपौयँ खुद ब्याज आम्दानी गरेको  वित्तीय विवरणले देखाएको छ।  बैंकको खराब कर्जा अनुपात ० दशमलव ५९ प्रतिशत र  बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ०७ पैसा रहेको देखिएको छ। 

सनराइज बैंक 
एनसीसी बैंकपछि सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा सनराइज बैंक देखिएको छ। यस बैंकले आफ्नो नाफा ४८ दशमलव ६९ प्रतिशतले बढेको छ। सनराइज बैंकले आर्थिक वर्ष २०७८÷०७९ मा २ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणले देखाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ४४ करोड खुद नाफा कमाएको थियो।

वितरणयोग्य नाफा भने यस बैंकको निकै कमजोर देखिएको छ। गत आर्थिक वर्षको तुलनामा यस बैंकको ५७ प्रतिशतले घटेको देखिएको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ छ। यस बैंकले आफ्नो ब्याज आम्दानी उठान बाँकी देखिएको छ। साउन १५ गतेसम्म ब्याज आम्दानी उठान सकेको खण्डमा वितरणयोग्य नाफा केही बढ्नसक्ने देखिएको छ भने यो वर्ष डिबेन्चर जारी गरेको रकम फिर्ता गर्नुपर्दा यो वर्ष यस बैंकको वितरणयोग्य नाफामा गिरावट ठूलो देखिएको हो। 

बैंकले गत आर्थिक वर्षमा १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। सोही अवधिमा १ खर्ब २० करोड रुपैयाँ कर्जा परिचालन गरेको वित्तीय विवरणले देखाएको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ छ। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको हो। प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्षमा आम्दानी ६ रुपैयाँ ०१ पैसार बढेर २१ रुपैयाँ २६ पैसा पुगेको छ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकको वितरण योग्य नाफा १ अर्ब ३२ करोड देखिएको छ। बैंकको खुद नाफा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ भएको छ। बैंकको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको नाफा ३४ दशमलव ३४ प्रतिशतले बढेको हो। 

अघिल्लो आर्थिक वर्षको नाफा १ अर्ब ६० करोड रुपैयाँ रहेको थियो। बैंकको प्रतिसेयर आम्दानी  २१ रुपैयाँ ०७ पैसा पुगेको छ। बैंकको चुक्ता पुँजी ९ अर्ब ५ करोड ३१ लाख रुपैयाँ छ। बैंकको वित्तीय विवरणअनुसार बैंकको सेयरधनी सञ्चित कोषमा १ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब ३२ करोड ४६ लाख रुपैयाँ पुगेको हो। गत आर्थिक वर्षमा बैंकको निक्षेप एक खर्ब ३१ अर्ब ६१ करोड ८० लाखबाट १० दशमलव १९ प्रतिशतले वृद्धि भई एक खर्ब ४५ अर्ब २ करोड ६० लाख रुपैयाँ पुगेको छ।

बैंकको कर्जा लगानी एक खर्ब १३ अर्ब ५७ करोड २० बाट १३ दशमलव ०४ प्रतिशतले बढेर एक खर्ब २८ अर्ब ५६ करोड २३ लाख रुपैयाँ पुगेको देखिएको हो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ दशमलव ६७ प्रतिशतले वृद्धि भएर ५ अर्ब ७ करोड ७० लाख पुगेको छ। बैंकको निष्क्रिय कर्जा ० दशमलव ६२ प्रतिशतबाट बढेर ० दशमलव ८४ प्रतिशत पुगेको छ।

सिटिजन्स बैंक
सिटिजन्स बैंक इन्टरनेशनलले गत वर्षको नाफा बाट १ अर्ब ४६ करोड रुपैयाँ वितरण गर्न सक्ने देखिएको हो। गत आर्थिक वर्षमा २ अर्ब १२ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको तुलनामा २४ दशमलव ७६ प्रतिशतले वृद्धि भएको देखिएको हो। 

गत आर्थिक वर्षको नाफा  १ अर्ब ५७ करोड रुपैयाँ थियो। चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ कायम रहेको छ। अघिल्लो आवको तुलनामा बैंकको खुद ब्याज आम्दानी समेत ४० दशमलव २९ प्रतिशतले बढेर ५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। गत आवको असार मसान्तसम्म बैंकले १ खर्ब ५२ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात केही बढेको छ। अघिल्लो आवको असार मसान्तसम्म १ दशमलव ६४ प्रतिशत रहेको खराब कर्जा अनुपात गत आवको सोही अवधिमा १ दशमलव ८७ प्रतिशत पुगेको छ। सो अवधिमा बैंकको बेसरेट ७ दशमलव ५५ प्रतिशत, स्प्रेडदर ३ दशमलव ५९ प्रतिशत र सीडी रेसियो ७७ दशमलव ४२ प्रतिशत रहेको छ । गत आवको असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा रहेको छ।

प्रभु बैंक
प्रभु बैंकको बैंकको वितरणयोग्य मुनाफा भने घटेको छ। यो वर्ष १ अर्ब ४१ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको देखिएको छ। बैंकको खुद नाफा ५१ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्षमा १ अर्ब  ७२ करोड रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ४७ दशमलव ७५ प्रतिशत बढेको छ।

१२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी भएको प्रभु बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा दिएको छ। अघिल्ले आर्थिक वर्षमा को तुलनामा बैंकको निक्षेप ८ दशमलव ३७ प्रतिशत बढेको देखिको छ। भने कर्जा बिस्तारमा ८ प्रतिशतको आज सार्वजनिक भएको वित्तीय विवरणले देखाएको छ। बैंकको प्रतिसेयर आम्दानी ५ दशमलव ३० रुपैयाँ बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .