सुनको मूल्य फेरि आकाशिएको छ।
पछिल्ला २ दिन स्थिर रहे पनि सोमबार सुनको मूल्य १ हजार ६ सय रुपैयाँसम्मले बढेको हो। छापावाल सुन उक्त दरले बढ्दा तेजाबी सुन १ हजार ५ सय ५० रुपैयाँले बढेको छ।
योसँगै आज सुनको मूल्यले १ लाख ३१ हजार ६ सय रुपैयाँको नयाँ कीर्तिमान बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ३१ हजार ६ सय र तेजाबी सुन १ लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँ प्रतितोला दरमा वृद्धि भएको छ। योसँगै सोमबार चाँदी १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
चैत महिनामा अधिकांश दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुन २ हजार २ सय ६० प्रतिऔँस अमेरिकी डलर मूल्य पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिनको तुलनामा २६.१० अमेरिकी डलरले सुनको मूल्य बढेको छ।
जुन पछिल्लो ३० दिनयता ११९.७१ अमेरिकी डलरको वृद्धि हो।
Shares
प्रतिक्रिया