ad ad

कारोबार


फेरि २९ सय रुपैयाँले बढ्यो सुन, आज कति?

फेरि २९ सय रुपैयाँले बढ्यो सुन, आज कति?

नेपालखबर
चैत २५, २०८० आइतबार ११:४८, काठमाडौँ

स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३५ हजार छ सय कायम भएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला दुई हजार नौ सयले वृद्धि भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन एक लाख ३२ हजार ५० निर्धारण भई कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार छ सय ७० निर्धारण भएको छ।

शुक्रबार चाँदीको मूल्य एक हजार छ सय १५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .