समाज


विद्युत् सर्ट हुँदा मनकामना सहकारी संस्थामा आगलागी

विद्युत् सर्ट हुँदा मनकामना सहकारी संस्थामा आगलागी

तस्बिर सौजन्य : हरि निरौला


नेपालखबर
चैत २५, २०८० आइतबार १२:१, सर्लाही

सर्लाहीको हरिवनमा रहेको मनकामना बहुउद्देश्यीय सहकारी संस्थामा आज बिहान लागेको आगो दमकलको सहायतामा निभाइएको छ। 

आगलागीबाट कम्प्युट, पैसा गन्ने मेसिनसहितका उपकरण जल्दा पाँच लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। हरिवन नगरपालिका- ११ हरिवन बजारमा रहेको मनाकामना सहकारी संस्थाको मुख्य कार्यालयमा आइतबार बिहान आगलागी भएको हो। 

हरिवन नगरपालिकाको दमकलको सहायतामा झण्डै एक घण्टा लगाएर आगो निभाइएको प्रहरीले जनाएको छ।

मूल गेट बन्द रहेको संस्थाको कार्यालय भित्रबाट धुँवाको मुस्लो निस्किएपछि स्थानीयले प्रहरीललाई खबर गरेका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .