ad ad

कारोबार


सुनको मूल्य एकै दिन २२ सयले घट्यो

सुनको मूल्य एकै दिन २२ सयले घट्यो

नेपालखबर
बैशाख २, २०८१ आइतबार ११:४०, काठमाडौँ

नयाँ वर्षको पहिलो आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ। 

गत वर्ष चैतभर उच्च कीर्तिमानी मूल्यमा कारोबार भएको सुन ०८१ सालको पहिलो कारोबार दिन २ हजार २ सय रुपैयाँ प्रतितोला सस्तो भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन हालसम्मकै उच्च १ लाख ३९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। 

आइतबार घटेर १ लाख ३६ हजार ८ सय रुपैयाँमा झरेको छ। तेजाबी सुन आज १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ। चाँदी पनि आज ५० रुपैयाँ सस्तो भएर १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। 

उता अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस साढे २३ सय अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .