सुनको मूल्य सोमबार प्रतितोला १ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार योसँगै छापावाल सुन आज १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।
त्यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भएको महासंघले उल्लेख गरेको छ।
यता चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ। योसँगै आज चाँदी १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको छ।
1.7k
Shares

प्रतिक्रिया