आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन्।
घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन्। आ.व. २०७८/७९ मा पर्सामा १५२ उद्योगले लगत कट्टा गरिएका थिए।
घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिएभने आव २०७८/८९ मा एक हजार ४८० उद्योग दर्ता भएका थिए।
आव २०७९/८० मा एक हजार २७५ उद्योगको नवीकरण, १६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको कार्यालय जनाएको छ।
आर्थिक वर्ष २०७९/८० मा एक करोड ६ लाख ३९ हजार २५० राजस्व सङ्कलन भएको थियो। उक्त आवमा चार हजार ४६० जनाले रोजगारी पाएको प्रमुख सिंहले बताए।
Shares
प्रतिक्रिया