कारोबार


कञ्चनपुर-कमला सडक: लहानमा ‘ओभरपास’ निर्माण सुरु

कञ्चनपुर-कमला सडक: लहानमा ‘ओभरपास’ निर्माण सुरु

नेपालखबर
बैशाख २४, २०८२ बुधबार ११:२३, सिराहा

पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा सिरहाको लहानचोकमा ‘ओभरपास’ निर्माणको सुरु भएको छ । ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ निर्माण थालेको हो।

सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६.८३ किलोमिटर लम्बाइमध्ये पश्चिम (सिरहा) खण्ड बलानबाट कमलासम्म ४७ किलोमिटर खण्डाको ६२ प्रतिशत काम पूरा भएको छ। लहान चोकमा रहेको सहिद स्मारक हटाएसँगै ‘ओभरपास’ निर्माण थालिएको हो।

कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिराहा) का सूचना अधिकारी सरोज कोइरालाका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसारका ३२ मिटर चौडा दुई ओभरपास निर्माण हुनेछन्। मिर्चैयाको चोकमा पनि ‘ओभरपास’ निर्माण प्रारम्भ भएको छ। यो सडक खण्डमा पाँचवटा ‘अण्डरपास’ निर्माण हुने छन्। लहानमा अण्डरपास पनि धमाधम बन्दै छन्।

आयोजनाको कुल लागत १५ अर्ब ६६ करोड ४४ हजार ९८३ छ। पूर्वीखण्ड (सप्तरीको कञ्चनपुरबाट कुशहासम्मको ३९ किलोमिटर स्तरोन्नति गर्न सात अर्ब २७ करोडमा ठेक्का लागेको छ। यस खण्डमा करिब ६० प्रतिशत भौतिक प्रगति भएको जानकारी उनले दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad