मधेस प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’ परिमार्जन गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले अब ‘शिक्षित छोरी, सुरक्षित मधेश, उद्यमशील नारी समृद्ध मधेस’ नारा कायम गरी मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रममा सञ्चालन गर्ने बताएका छन्।
यसअघि ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा अनियमितता भएपछि अलपत्र परेको थियो। तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नै उक्त कार्यक्रमको साइकल खरिद सम्बन्धी अनियमिततामा मुछिएका थिए।
मधेस प्रदेशको पहिलो सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम ल्याएको थियो। यस कार्यक्रमअन्तर्गत साइकल वितरण, छोरी बीमा, लोक सेवा तयारी कक्षाजस्ता कार्यक्रम चर्चित बनेका थिए।
तत्कालीन प्रदेश सरकारले यसलाई प्रदेशको गौरवको योजनाका रूपमा अघि बढाएको थियो।
Shares

प्रतिक्रिया