इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ।
गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७०औं बैठकको निर्णानुसार साउन २० गते बाट नै लागू हुने गरी उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो।
हिरोवट युनिभर्सिटी, युकेबाट बीबीए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेण्ट एण्ड बैंकिङ्ग लिमिटेडमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव छ।
मर्चेण्ट एण्ड बैंकिङ्ग क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिँदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको छ।
81
Shares
प्रतिक्रिया