कारोबार


हेल्थ एट होममा रेडियोलोजी सेवा थप, बिरामीले घरमै सेवा पाउने

हेल्थ एट होममा रेडियोलोजी सेवा थप, बिरामीले घरमै सेवा पाउने

नेपालखबर
साउन २२, २०७९ आइतबार १७:३०, काठमाडौँ

हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गरेको छ। 

यसअघि घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थहोमले घरमै रेडियोलोजी सेवा दिन समेत सुरु गरेको हो। आफ्नो ओछ्यानमै रेडियोलोजी सेवा चाहिने विरामीहरुलाई लक्षित गर्दै कम्पनीले यो सेवाको सुरुवात गरेको हो। 

घरमा स्वास्थ्यको रेडियोलोजी विभागले अल्ट्रासाउण्ड र इकोकार्डियोग्राफि प्रदान गर्नेछ । हेल्थ एट होमले निकट भविष्यमा एस्सरे र अन्य विभिन्न रेडियोलोजी सेवा समेत थप्ने लक्ष्य राखेको छ। 

यो सेवाको उद्घाटन त्रिवि शिक्षण अस्पतालका भूतपूर्व एचओडी प्रा.डा. रामकुमार घिमिरे र मेडिसिटी अस्पतालका  वर्तमान प्रमुख डा. रामकुमार घिमिरेले घरमै स्वास्थ्यको रेडियोलोजी विभागको उद्घाटन गरेका थिए। विभागको नेतृत्व डा. प्रदीपराज रेग्मी र डा. उज्जल भट्टराईले गरेका छन्। बिरामीहरुले यो अति आवश्यक सेवा प्रयोग गर्न सुरु गरिसकेका छन्। 

नयाँ सेवा उद्घाटनका क्रममा डा. घिमिरेले समुदायमा अति आवश्यक पर्ने सेवा रहेकोले पेशागत प्रतिबद्धता र बिरामीको हेरचाहको लागि आवश्यक पर्ने आविष्कार आवश्यक रहेको बताए। उनले सेवा नैतिकतामा आधिारित हुनुपर्ने र बिरामीको हितका लागि आधारित हुनुपर्ने बताए। यो नयाँ सेवा नेपाली समुदायका लागि निकै सहयोगी हुने बताए।  

यस्तै प्रमुख रेडियोलोजी विभागका डा. प्रदिपराज रेग्मीले हेल्थ एट होमले सेवाका रुपमा विस्तारामा बाँधिएका र उचित रेडियोलोजी सेवाहरु बिना समुदायमा रहेका बिरामीहरुलाई ठूलो मद्दत पुग्ने बताए। यसले आम मानिसलाई निकै सहयोग पुग्ने उनको भनाइ थियो। 

यसैगरी हेल्थ एट होमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. विशाल ढकालले नयाँ सेवा विभाग थपिएपछि मात्रै समुदायमा बिरामीको हेरचाह गर्ने प्रतिबद्धता अझ बलियो भएको बताए। 

हेल्थ एट होमले सधै हेरचाहमा पहुँचको वकालत र समर्थन गर्दै आएको छ। रेडियोलोजीको नयाँ सेवाले बिरामीलाई घरमै पुगेर उत्कृष्ट सेवा प्रदान गर्नेछ। 

१२ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ। हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन्। 

हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .