कारोबार


धौलागिरि लघुवित्तको आईपीओ खुल्यो

धौलागिरि लघुवित्तको आईपीओ खुल्यो

नेपालखबर
साउन २४, २०७९ मंगलबार १३:६, काठमाडौँ

धौलागिरि लघुवित्त वित्तिय संस्थाको आईपीओमा आवेदन खुलेको छ।

कम्पनीले आजदेखि  ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो ।

जमा ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयरका सर्वसाधारणले आवेदन दिन सक्ने गरि आईपीओ खुल्ला गरेको हो। 

आइपीओमा साउन २९ गते भित्र आवेदन दिन सकिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने बिक्रि प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ।

७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले आईपीओ निष्काशनपछि १० करोड ३१ लाख रुपैयाँ पुँजी पुग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .