रिचेत जलविद्युत् कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्नको लागि एनआईबीएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ।
कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ हजार २२३.५७ कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ।
उक्त सम्झौतापत्रमा यही साउन २५ गते अर्जुन प्रसाद पौडेल (अध्यक्ष, रिचेत जलविद्युत कम्पनी लिमिटेड) र शिशिर खनाल (कम्पनी सचिव, रिचेत जलविद्युत कम्पनी लिमिटेड) तथा सचिन्द्र ढुंगाना (नायब महाप्रबन्धक, एनआईबीएल एस क्यापिटल लिमिटेड) र रोश्ना मानन्धर (प्रमुख – मर्चेन्ट बैंकिङ, एनआईबिएल एस क्यापिटल लिमिटेड) ले हस्ताक्षर गरेका हुन्।
Shares
प्रतिक्रिया