कारोबार


सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछ: अर्थमन्त्री वाग्ले

सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछ: अर्थमन्त्री वाग्ले

नेपालखबर
असार ५, २०८३ शुक्रबार १३:१, काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताएका छन्। 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदले उठाएका प्रश्नको उत्तर दिँदै अर्थमन्त्री वाग्लेले संसदले निर्देशन दिएमा सरकारले विशेष खालको बजेटको व्यवस्था गर्ने पनि बताए। उनले सरकारले हजारौ ठाउँबाट उठाएको कर आवश्यकक्ताको आधारमा उपयोग गर्ने नीति लिएको जिकिर गरे। 

‘अर्को त्यो हजारौँ ठाउँबाट उठाइएका करहरू एउटै सञ्चित कोषमा गएर जम्मा हुन्छ। जनमत प्राप्त सरकारले त्यसको विवेकपूर्ण उपयोग गर्छ,’ उनले भने।

उनले कयौँ स्रोत उठाउन सकिने बताउँदै अहिले प्रयोजन हेरिएको बताए। ‘सयौँ, हजारौँ स्रोतहरूबाट कर उठाउन सकिन्छ। यसरी उठाउको कर यो प्रयोजनका लागि मात्रै उपयोग गर्न सकिने भनेर इयर मार्किङ पनि गर्न सकियो। तर त्यो सँगसँगै प्रशासनिक, कानूनी जटिलताहरु पनि आउँछन्,’ उनले भने। 

पूर्वाधारका लागि उठाएको कर दुरुपयोग नहुने उनको भनाइ थियो। ‘पूर्वाधारका लागि उठाइएको कर बुढी गण्डकीको क्षतिपूर्ति भनेर ४३ अर्ब बाडियो भनेर मैले हिजो पनि उदाहरण दिएको थिएँ। त्यो भनेर बुढी गण्डकीको छुट्टै डालो बनाइरहनु नपर्ला। त्यस्तै प्रदुषणको नाममा उठाइएको कर वातावरण मन्त्रालय, वातावरण विभाग, स्वास्थ्य मन्त्रालय त्यो विनियोजनबाट पनि रिफ्ल्याक्ट भईराखेको हुन्छ,’ उनले भने, ‘अर्को विशेष खालको बजेट पनि व्यवस्था हुन्छ। त्यसको निर्देश गर्ने काम सार्वभौम संसदको हुन्छ।’

अर्थमन्त्री वाग्लेले प्रशासनिक र कानूनी जटिलता नआउने गरी सरकारले करको उपयोग गर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad