ad ad

कारोबार


सामसङ्गले ल्यायो नयाँ ग्यालेक्सी ए५४ र ए३४ फाइभजी, मूल्य कति?

सामसङ्गले ल्यायो नयाँ ग्यालेक्सी ए५४ र ए३४ फाइभजी, मूल्य कति?

नेपालखबर
चैत १६, २०७९ बिहिबार १३:२९, काठमाडौँ

सामसङ्गले नयाँ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी स्मार्टफोन बजारमा ल्याएको छ। 

ए–सिरिजका २ वटा नयाँ फोनमा धेरै समयसम्म टिक्ने ब्याट्री र विस्तारित मनोरञ्जनात्मक विशेषताहरु रहेको कम्पनीले जनाएको छ। 

‘हामी नयाँ सामसङ्ग ग्यालेक्सी ए३४ र ए५४लाई प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित भएका छौं, जसले अतुलनीय मोबाइलको अनुभव दिलाउन स्लीक डिजाइन र अत्याधुनिक प्रविधि दुवै पेश गरेको छ’, कम्पनीले भनेको छ, ‘यी उपकरणहरुमा हाम्रो चिरपरिचित ग्यालेक्सी डिजाइन र नाइटोग्राफी जस्तो प्रमुख विशेषताहरु रहेका छन्, जसले ग्राहकहरुलाई कम प्रकाशको अवस्थामा पनि तीक्ष्ण फोटोहरु र भिडियोहरु खिच्न मद्दत गर्दछ।’ 

सामसङ्ग नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजीमा फ्लोटिङ्ग क्यामराका साथसाथै मोबाइलको रङ्गसंग मिल्ने मेटल क्यामरा डेकोको सुविधा पनि रहेको बताए। 

उनका अनुसार ग्यालेक्सी ए –सिरिजमै पहिलो पटक ए५४ फाइभजीमा यसलाई प्रिमियम बनावट र अनुभव दिलाउने ग्लास ब्याक विशेषता जडित छ। ग्यालेक्सी ए५४ फाइभजी ३ रङ्गहरु कालो, हरियो  र बैजनी रङ्गमा उपलब्ध छ भने ग्यालेक्सी ए३४ फाइभजी पनि कालो, हरियो र सिल्भर गरी ३ रङ्गहरुमा उपलब्ध छ।

ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजीको निर्माण लामो समय सम्म टिक्ने गरी गरिएको छ। यी मोबाइलहरु ३० मिनेटसम्म एक मीटर पानीमा डुब्दा पनि क्षति नहुने खालका छन्, जसको लागि यसले आइपि६७ रेटिङ्ग पाएको छ। 

यसका साथै अझै बलियो बनाउनकालागि यी मोबाइललाई धूलो र बालुवा प्रतिरोधक पनि बनाइएका छन्। यी दुवै मोबाइलहरुका डिस्प्ले कर्निङ्ग गोरिल्ला ग्लास ५ संरक्षणका साथ उपलब्ध छन्, जसले कोरिन दिंदैन र खस्दा समेत फुट्ने सम्भावना रहन्न। ग्यालेक्सी ए५४ फाइभजीको पछाडिको भागमा पनि गोरिल्ला ग्लास ५ संरक्षण जडित छ।

ग्यालेक्सी ए५४ फाइभजी ५० एमपि ओआइएस प्राइमरी लेन्ससहित १२ एमपिको अल्ट्रा वाइड लेन्सद्वारा सुसज्जित छ भनें ए३४ मा ४८ एमपि ओआइएस प्राइमरी लेन्स र ८ एमपिको अल्ट्रा वाइड लेन्स रहेको छ। ब्लर–लेस नाइट फोटो÷भिडियोले पहिलेका फोनहरुको दाँजोमा १.६ गुना व्यापक ओआइएससंग फोटोको स्थिरतालाई बढाइदिन्छ र भिडियोको स्थिरता पनि ४ गुना सम्म बढाइदिन्छ, यसैले प्रयोगकर्ताहरुले अन्धकारमा पनि स्पष्ट रुपमा फोटो/भिडियो खिच्न सक्नेछन्।

प्रयोगकर्ताहरुले अब कम प्रकाशको सेटिङ्गमा समेत छिटो फोकस गर्न सक्ने ‘१००% अल पिक्सेल अटो फोकस’का साथमा तीक्ष्ण न्यून प्रकाश सट लिन सक्नेछन्। ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजी दुवै अटो फ्रेमिङ्गका साथ उपलब्ध छन्, जसले भिडियो रेकर्डिङ्गको दौरानमा हरेक पटक स्थिर र ५ जनासम्मलाई एकसाथ जूम गर्न र दृश्यको कोण स्वतः समायोजन गरिदिन्छ। 

दुवै मोडलहरुमा ५ एमपिको माइक्रो लेन्स पनि जडान गरिएका छन्। फ्ल्याग्शिप सिरिजहरुमा अति नै मनपराइएको नाइटोग्राफि विशेषता ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेकसी ए३४ फाइभजीमा समावेश गरेर अझ बढी पहुँचयोग्य बनाइएको छ। 

यसले प्रयोगकर्ताहरुलाई कम प्रकाशमा पनि तेजिलो फोटो तथा भिडियोहरु खिच्न सजिलो बनाइदिन्छ। फोनहरुमा अटो नाइट मोड पनि छ, जसले न्यून प्रकाशको अवस्थालाई स्वचालित रुपमा समायोजित गरिदिन्छ, यसले गर्दा प्रयोगकर्ताले म्यनुअल्ली क्यामराको मोड बदल्ने कार्य गर्नु पर्दैन।

ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजीको डिजाइन प्रयोगकर्ताको मनोरञ्जनप्रद अनुभव बढाउने गरी गरिएको छ। दुवै डिभाइसहरुको डिस्प्लेमा सुपर एमोलेड प्रविधि र न्यून गरिएका प्रवणित धारहरुका साथमा जीवन्त रङ्गहरुको विशेषता रहेका छन्। 

१२० हर्जको रिफ्रेस दर भएका दुवै उपकरणहरुमा तीव्र गतिको चालमा पनि एक एक दृश्य परिवर्तनहरुलाई अविश्वसनीय  रुपमा सहजता प्रदान गर्दछ। यसका अतिरिक्त समायोजित रिफ्रेस दरले ब्याट्रीको प्रभावकारिता अधिकतम गरिदिन्छ, जब कि भिजन बूस्टरले चहकिलो घामको प्रकाशमा पनि दृश्यावलोकन वृद्धि गरिदिन्छ। प्रयोगकर्ताको आँखाको संरक्षणका लागि क्वीक प्यानलमा आइ कम्फर्ट सील्ड पनि राखिएको छ।

ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजीको ध्वनि क्षमतामा समेत सुधार गरिएको छ, जसको लागि यसमा सुधारिएको ठूलो आवाज, गहन बेस संरक्षण र डल्बी निर्मित स्टेरियो स्पीकरहरु राखिएका छन्। यसले गर्दा श्रवणको अनुभव एक उत्कृष्ट ढँगको हुनेछ। 

५००० एमएएच ब्याट्री जडित ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेकसी ए३४ फाइभजी २ दिनभन्दा बढीसम्म एक पटककै चार्जबाट चलायमान हुन सक्छ। ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेकसी ए३४ फाइभजीमा ह्याप्टिक प्रतिक्रिया तथा विस्तारयोग्य भर्चुअल मेमोरीद्वारा अझ सुधार गरिएको हुँदा यसको पर्फरमेन्स क्षमता झनै बढेको छ। दुवै डिभाइसहरुमा एउटा अतिरिक्त माइक्रो एस डि कार्डसहित १ टिबिसम्म क्षमता विस्तार गर्न मिल्ने स्टोरेज क्षमता रहेको छ।

ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजीले सामसङ्गको डिफेन्स ग्रेड सुरक्षा प्लेटफर्म नक्सका साथमा सुरक्षाको सुनिश्चित्ता दिन्छ, जसले तपाईंको व्यक्तिगत डाटालाई सोही समयमा सुरक्षा दिन्छ। ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी मा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस स्तरोन्नतिहरुको ग्यारेन्टी पनि दिइएको छ, यसले यी मोबाइलहरु अव्द्यावधिक भइरहने र सुरक्षित रहने सुनिश्चित्ता प्रदान गर्दछ।

पछिल्लो ए–सिरिज लन्चकोमा, सामसङले पहिलो पटक २५६ जीबी मेमोरी भेरियन्ट लाई रु६०,००० प्राइसमा प्रस्तुत गर्दैछ, जसले किफायती मूल्यमा उच्च प्रदर्शन उपकरणहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई सङ्केत गर्दछ।

दुवै ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजी २ वटा मेमोरी प्रकारहरुमा उपलब्ध छ, जसमध्ये ग्यालेक्सी ए५४ फाइभजीको  ८ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज भएकोलाई ५६ हजार ९९९ रुपैयाँ पर्छ भने ८ जीबी र्‍याम र २५६ जिबि आन्तरिक स्टोरेज क्षमता भएकोको मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

यस्तै ए३४ फाइभजीको ८ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज भएकोको मूल्य ४५ हजार ९९९ रुपैयाँ रहेको छ, जसमा माइक्रो एसडी कार्डको प्रयोगमार्फत १ टीबीसम्मको आन्तरिक मेमोरी बढाउन सक्ने सुविधा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .