ad ad

कारोबार


सामसङले ल्यायो ४७ हजारदेखि ६८ हजारसम्म मूल्यका ग्यालेक्सी ए५५ र ए३५ फाइभजी

सामसङले ल्यायो ४७ हजारदेखि ६८ हजारसम्म मूल्यका ग्यालेक्सी ए५५ र ए३५ फाइभजी

नेपालखबर
चैत ५, २०८० सोमबार १९:१, काठमाडौँ

सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए५५ फाइभजी र ग्यालेक्सी ए३५ फाइभजी फोन बजारमा सार्वजनिक गरेको छ। 

दुवै फोनमा सामसङ नक्स भल्टजस्ता उच्च सुरक्षा सुविधाहरू रहेको कम्पनीले जनाएको छ। 

‘ग्यालेक्सीको फ्ल्यागशिप क्यामराको इनोभेशनबाट प्रेरित नयाँ फोटोग्राफी क्षमताहरू र भिजन बूस्टरको साथ प्रयोगकर्ताहरूको परिवेश अनुरुप समायोजन हुने शानदार डिस्प्ले छ’, कम्पनीले भनेको छ, ‘हामीले ग्यालेक्सी ए शृंखलामार्फत हाम्रा नवीनतम प्रविधिहरूलाई अझ बढी ग्राहकहरूका लागि पहुँच योग्य बनाउने लक्ष्य राखेका छौँ।’

सामसङ नेपालका आइएम बिजनेसका निर्देशक प्रणय रत्न स्थापितले यस वर्ष ग्यालेक्सी ए शृंखलाभित्र थप सम्भावनाहरू उजागर गर्न पाउँदा उत्साहित रहेको बताए। 

के छन् विशेषता? 
परिष्कृत नाइटोग्राफीको साथ ग्यालेक्सी ए५५ फाइभजीले कम प्रकाश भएको अवस्थाहरूमा पनि स्पष्ट र बढी जीवन्त तस्बिरहरू लिने कम्पनीको भनाइ छ। 

फोनको आधुनिक एआई इमेज सिग्नल प्रोसेसिङ (आईएसपी) ले ग्यालेक्सी ए शृंखलामा पहिले कहिल्यै नदेखेको कम–प्रकाशमा उत्कृष्ट इमेजहरू खिच्ने क्षमता रहेको कम्पनीको दाबी छ। 

‘नाइट पोर्ट्रेट मोड र १२ बिट एचडीआर भिडिओले हरेक तस्बिरमा मानिसहरूलाई उत्कृष्ट देख्ने कुरा सुनिश्चित गर्दछ, ताकि साथीहरू र परिवारसँग रमाइला र यादगार पलहरु खिच्न कहिल्यै पनि सही प्रकाशको प्रतीक्षा गर्न नपरोस्’, कम्पनीले भनेको छ। 


दुई फोनले प्रतिस्पर्धी मूल्य विन्दुमा उच्च प्रविधि उपलब्ध गराउने सामसङको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। ग्यालेक्सी ए३५ फाइभजीको ८/१२८ जीबीको ४६ हजार ९ सय ९९, ८/२५६ जीबीको ५१ हजार ९ सय ९९ रुपैयाँ मूल्य रहेको छ। 

त्यसैगरी ए५५ फाइभजीको ८/१२८ जीबीको ६२ हजार ९ सय ९९ र १२/२५६ जीबीको ६७ हजार ९ सय ९९ रुपैयाँ मूल्य रहेको छ। यी फोन किस्तामा समेत खरिद गर्न सकिने कम्पनीले जनाएको छ। यसबाहेक ग्राहकले आफ्नो पुरानो सामसङको ए, एम एस, एन वा जेड सिरिज र कुनै पनि सि ब्रान्ड स्मार्टफोनको मूल्याङ्कनमा थप २५ सय रुपैयाँ बोनस पाउनेछन् भने सामसङ ग्यालेक्सी जे सिरिजका स्मार्टफोन एस्चेन्ज गर्दा १५ सय रुपैयाँ बोनस पाउनेछन्। यी सुविधाहरू नेपालभरि नै उपलब्ध छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .