कारोबार


नेपाल टेलिकमको डाटा सेन्टर काठमाडौं र भैरहवामा बन्ने, हुवावेले पायो ठेक्का

नेपाल टेलिकमको डाटा सेन्टर काठमाडौं र भैरहवामा बन्ने, हुवावेले पायो ठेक्का

नेपालखबर
माघ ९, २०८१ बुधबार १७:२५, काठमाडौँ

नेपाल टेलिकमको डाटा सेन्टर निर्माणको जिम्मा चिनियाँ बहुराष्ट्रिय कम्पनी हुवावेले पाएको छ। नेपाल टेलिकमले अगस्ट २२ मा आब्हान गरेको टेन्डर हुवावले हात पारेको हो। 

नेपाल टेलिकमको डाटा सेन्टरको पूर्वधार निर्माण र जडानको काम हुवावे टेक्नोलोजिस् को‍. लिमिटेडले पाएको छ। नेपाल टेलिकमले स–साना डाटा सेन्टर प्रयोग गरिरहेकोमा अब २ ठूला डाटा सेन्टर बनाउन लागेको टेलिकमले जनाएको छ। 

‘अहिले स–साना धेरै डाटा सेन्टर प्रयोग गरिरहेका छौं,’ नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रवक्ता हरि ढकालले भने,‘अब काठमाडौं र पोखरामा ठुला डेटा सेन्टर बन्छन्।’

उनले हुवावेसंग ५-६ वर्षकोलाागि सम्झौता भएको बताए। पूर्वधार निर्माणसंगै बाह्य व्यवस्थापन हुवावेले सहयोग गर्ने छ। 

नेपाल टेलिकमले ७ लाख ६७ हजार अमेरिकी डलरमा बुझाउने छ भने ३७ करोड ८१ लाख नेपाली रुपैयाँमा बुझाउने छ।

हुवावेले डाटा सेन्टर निर्माणकालािग साढे ४८ करोड नेपाली रुपैयाँ बराबरको ठेक्का  हात पारहेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad