कारोबार


डिपसिक एआई डाउनलोडमा दक्षिण कोरियाले लगायो प्रतिबन्ध

डिपसिक एआई डाउनलोडमा दक्षिण कोरियाले लगायो प्रतिबन्ध

फाइल तस्बिर


नेपालखबर
फागुन ५, २०८१ सोमबार १३:३६, काठमाडौँ

दक्षिण कोरियाले चिनियाँ डिपसिक एआई च्याटबट नयाँ डाउनलोडमा प्रतिबन्ध लगाएको छ। 

बीबीसीका अनुसार देशको व्यक्तिगत डेटा सुरक्षासम्बन्धी कानुनअनुसार यसको सुधार भएपछि भने डिपसिक उपलब्ध हुने सरकारी संस्थाले जनाएको छ। 

विश्वमा यसको लोकप्रियतासम्बन्धी समाचार आएसँगै दक्षिण कोरियामा पनि यो अत्यन्त लोकप्रिय बनेको थियो। 

तर यसप्रति विभिन्न देशहरुले वैयक्तिक गोपनीयता र राष्ट्रिय सुरक्षामा ध्यानाकर्षण गरेका थिए। 

दक्षिण कोरियाको व्यक्तिगत सूचना सुरक्षा आयोगले एप्पलको एपस्टोर र गुगल प्लेमा शनिबार बेलुकादेखि उपलब्ध नरहेको बताएको छ। 

कोरियाली सरकारी संस्थाहरुले आफ्ना कर्मचारीलाई धमाधम उक्त च्याटबट डाउनलोडमा प्रतिबन्ध गर्नथालेसँगै सरकारले नै हाल नयाँ डाउनलोडमा प्रतिबन्ध लगाएको हो। 

यसअघि नै ताइवान र अस्ट्रेलियाले सरकारी डिभाइसमा यसको डाउनलोड रोकिसकेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad