कारोबार


सामसङ ग्यालेक्सी एस२५ एफई सार्वजनिक

सामसङ ग्यालेक्सी एस२५ एफई सार्वजनिक

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १३:२६, काठमाडौँ

सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ एफई सार्वजनिक गरेको छ। यो फोन विशेष रूपमा युवा प्रोफेशनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको हो।

क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस२५ एफई प्रिमियम परफर्मेन्स र ग्यालेक्सी इकोसिस्टमसँग निर्बाध एकीकरणको साथ प्रिमियम एआई-संचालित सुविधाहरू अब ९९ रुपैयाँ ९९९ (८जीबी/२५६जीबी) मा उपलब्ध छ।

ग्यालेक्सी एआई र वन युआई ८ द्वारा संचालित ग्यालेक्सी एस२५ एफई ले भोइस, टच र भिजुवल अन्तर्क्रिया मार्फत सहज र सरल अनुभव प्रदान गर्दछ। वास्तविक-समय भर्चुअल सहायताको लागि जेमिनी लाइभ, व्यक्तिगत अपडेटहरूको लागि नाउ बार र नाउ ब्रीफ, र अन-स्क्रिन जवाफहरूको लागि सर्कल टु सर्च जस्ता सुविधाहरूको साथ, एस२५ एफई ले दैनिक कार्यहरूलाई पहिलेभन्दा स्मार्ट, छिटो र अझ सहज बनाउँछ।

ग्यालेक्सी एस२५ एफई ले यसको एआइ-संचालित प्रोभिजुअल इन्जिन र अपग्रेड गरिएको १२एमपी फ्रन्ट क्यामेराको साथ क्रिएटिभिटीलाई सशक्त बनाउँछ, सुपर एचडीआरमार्फत फोटो र भिडियो हरुको स्पष्ट रंगको साथ आश्चर्यजनक सेल्फीहरू र क्ल्यारिटीका साथ शटहरू खिच्दछ। जेनेरेटिभ एडिट, पोर्ट्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो-मो, र अडियो इरेजर जस्ता फिचरहरूले फोटो र भिडियो editलाई सहज बनाउँदै, अवरोधहरू हटाउनेदेखि अडियोलाई परिष्कृत गर्ने र इमर्सिभ स्लो-मोशन क्लिपहरू सिर्जना गर्दछ। अटो ट्रिमको साथ,  स्वचालित रूपमा उत्कृष्ट भिडियो क्षणहरू पनि चयन गर्दछ, जसले कन्टेन्ट क्रिएशनलाई पहिलेभन्दा स्मार्ट र सजिलो बनाउँछ।

ग्यालेक्सी एस२५ एफई ले भरपर्दो परफर्मेन्सलाई परिष्कृत, आधुनिक डिजाइनसँग जोड्दछ। ४५ वाटको फास्ट चार्जिङ र एफिशियन्ट कूलिङ्गको लागि भेपर चेमबरको साथ ४,९०० एमएएच ब्याट्रीद्वारा संचालित, यसले स्ट्रिमिङ, मल्टिटास्किङ र क्रिएटिभ कार्यको लागि सहज कार्यसम्पादन सुनिश्चित गर्दछ। १२० हर्ज रिफ्रेस दरको साथ ६.७ इन्चको डायनामिक अमोलेड २एक्स डिस्प्लेले आश्चर्यजनक भिजुअल्स प्रदान गर्दछ।

सामसङ नेपालका एमएक्स डाईरेक्टर प्रणय रत्न स्थापितले ग्यालेक्सी एस२५ एफईले उन्नत ए.आइ. क्षमताहरू उत्कृष्ट क्यामेरा परफर्मेन्स र सहज ग्यालेक्सी इकोसिस्टम कनेक्टिभिटी एकैसाथ अनुभव गर्न सकिने बताए।

सामसङ इन्स्टा फाइनान्स (हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित) मार्फत अब ग्राहकहरूले ग्यालेक्सी एस२५ एफई लगायतका नयाँ सामसङ डिभाइसहरूलाई ० प्रतिशत ब्याजदरमा सजिलो ईएमआई प्लानमा प्राप्त गर्न सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad