कारोबार


भोलिदेखि हुने एनपीएलको स्मार्टफोन पार्टनर बन्यो भिभो

भोलिदेखि हुने एनपीएलको स्मार्टफोन पार्टनर बन्यो भिभो

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १७:३७, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण ‘फेस्टिभल अफ द हिमालयज’ भोलि मंसिर १ गतेदेखि औपचारिक रूपमा सुरु हुँदै छ। 

यस महोत्सवको पूर्वसन्ध्यामा विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले पुनः क्यानसँग सहकार्य गर्दै आधिकारिक स्मार्टफोन पार्टनर बनेको घोषणा गरेको छ।

भिभोले यो साझेदारीसम्बन्धी उत्साहपूर्ण घोषणा आफ्नो र एनपीएलको  आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेको छ। जसले प्रतियोगिता सुरु हुनुअघि नै क्रिकेटप्रेमीहरूमा थप ऊर्जा, रोमाञ्च र अपेक्षा भरिदिएको छ।

पहिलो संस्करणको उल्लेखनीय सफलतापछि यस वर्षको एनपीएल अझ रोमाञ्चक र प्रतिस्पर्धात्मकताका साथ भोलिदेखि नै प्रारम्भ हुँदै छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिताले यी २७ दिन नेपाली क्रिकेटको इतिहासमा नयाँ उत्सवका रूपमा हेरिने अपेक्षा गरिएको छ।

भिभोले यस साझेदारीमार्फत नेपालमा खेलकुद, विशेष गरी क्रिकेटको विकासप्रति आफ्नो निरन्तर प्रतिबद्धता पुनः दोहोर्याएको छ।

अत्याधुनिक प्रविधि, नवाचार र फ्यान–केन्द्रित गतिविधिहरूका माध्यमबाट भिभोले यस वर्ष फ्यानहरूको खेल अनुभवलाई अझ सशक्त, नजिक र जीवन्त बनाउन लक्ष्य लिएको छ ।

भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भने, ‘एनपीएल भोलिदेखि सुरु हुँदै छ र हामी यस रोमाञ्चक यात्राको पुनः हिस्सा बन्न पाउँदा अत्यन्त उत्साहित छौँ। क्रिकेट नेपालीहरूलाई एकै थलोमा जोड्ने खेल हो, र भिभोले हरेक वर्ष फ्यानहरूको उत्साहलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य लिएको छ। यस साझेदारीले हामीलाई फ्यानहरूलाई खेलसँग अझ नजिक ल्याउन प्रेरित गर्छ।’

त्यस्तै, नेपाल क्रिकेट संघ (क्यान) का महासचिव पारस खड्काले एनपीएल नेपाली क्रिकेटरहरूको प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च बनेको बताए। 

‘भिभोजस्तो अन्तर्राष्ट्रिय ब्रान्डको निरन्तर सहकार्यले हामीलाई नेपाली क्रिकेटलाई विश्वस्तरमा चिनाउन थप ऊर्जा मिलेको छ। भोलिदेखि सुरु हुने दोस्रो सिजनले खेलाडीहरू र फ्यानहरू दुवैका लागि नयाँ प्रेरणा र अवसर ल्याउनेछ’, उनले भने। 

प्रतियोगिताको अवधिभर भिभोले फ्यानहरूलाई लक्षित विविध डिजिटल र ग्राउण्ड एक्टिभेसन कार्यक्रमहरू सञ्चालन गर्नेछ। जसले फ्यानहरूको संलग्नता, मनोरञ्जन र क्रिकेटप्रतिको लगावलाई थप मजबुत बनाउनेछ। यी गतिविधिहरूले नेपाली क्रिकेटको लोकप्रियतालाई नयाँ र उत्साहजनक स्तरमा पु¥याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad