निर्वाचन विशेष


महोत्तरीमा बागी उम्मेदवार र प्रस्तावक समर्थक गरी ३२ जना कांग्रेसबाट निष्काशित

महोत्तरीमा बागी उम्मेदवार र प्रस्तावक समर्थक गरी ३२ जना कांग्रेसबाट निष्काशित

शैलेन्द्र महतो
बैशाख २३, २०७९ शुक्रबार २१:२०, जनकपुरधाम

महोत्तरीका विभिन्न पालिकामा पार्टीको निर्णयविपरीत बागी उम्मेदवार र प्रस्तावक समर्थक बनेका ३२ जना नेता कार्यकर्तालाई नेपाली कांग्रेसले कारबाही गरेको छ। 

अनुशासन समितिको बैठकले विभिन्न पालिकामा बागी उम्मेदवारी दिएका तथा तिनका प्रस्तावक बनेका ३२ जनालाई पार्टीबाट निष्काशन गरेको कांग्रेस महोत्तरीले जनाएको छ। 

साधारण सदस्यसमेत नरहनेगरी तिनीहरुलाई पार्टीबाट निष्काशित गरिएको महोत्तरी जिल्ला सभापति नागेस्वर यादवले जानकारी दिए।

पटक पटक उम्मेदवारी फिर्ता लिन र प्रस्तावक नबन्न आग्रह गर्दा पनि अटेरी गरेकाले कारबाही गरिएको उनले बताए। 

बर्दिबास नगरपालिकामा कांग्रेसको आधिकारिक उम्मेदवार चिरञ्जीवी हमालविरुद्ध उम्मेदवारी दिने प्रह्लाद क्षेत्रीसहित बर्दिबासकै तारादेवी महतो, भोला खडका, युवराज पोखरेल, दिपबहादुर कार्की, राम सोगरथ यादव, बोधबहादुर कटवाल, विजयकुमार महतो, युवराज पोखरेल, विनोद ढुङ्गेल, अनिल महतो र अमृत सिंह गरी १२ जनालाई कारबाही गरिएको छ।

त्यसैगरी गौशाला नगरपालिकाका प्रमोदकुमार झा, पिपरा गाउँपालिकाका विजय यादव र प्रभास यादव, एकडारा गाउँपालिकाका मनोज कुमार झा, राम स्नेही मण्डल, शिवकुमारी यादव र गौरीसंकर मिश्र, महोत्तरी गाउँपालिकाका छेदी चौधरी, जिवछ यादव, सिलादेवि, जिबछ पण्डित, राम नरेश राय, कारी कापर, सोनाम गाउँपालिकाका सञ्जीव यादव, उपेन्द्र यादव, आसिना नदाफ, सन्तोषकुमार यादव, विनय यादव र रामवली यादव कारबाहीमा परेको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .