निर्वाचन विशेष


चुनावका नाममा देशमा भ्रष्टीकरणको प्रक्रिया चलिरहेको छ: गिरिराजमणि पोखरेल

चुनावका नाममा देशमा भ्रष्टीकरणको प्रक्रिया चलिरहेको छ: गिरिराजमणि पोखरेल

शैलेन्द्र महतो
बैशाख २४, २०७९ शनिबार ५:५३, जनकपुरधाम

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले चुनावको नाममा देशमा भ्रष्टीकरण गर्ने प्रक्रिया चिलरहेको बताएका छन्।  

धनुषाको बटेश्वर गाउँपालिकामा शुक्रबार साँझ माओवादी केन्द्रको चुनावी सभालाई सम्बोधन गर्दै उनले रानीतिलाई व्यवसाय बनाउँदा समाजमा भ्रष्टाचार मौलाउँदै गएको तर्क गरे। 

चुनावमा ठूला दलका उम्मेदवारले मतदातालाई राति राति पैसा बाँड्ने र जितेर गएपछि भ्रष्टाचारमा चुर्लुम्म डुब्ने, धन्दा गर्ने जस्ता व्यतिथि रहेको उनले बताए। 

‘समाजलाई भ्रष्टीकरण गर्ने प्रक्रिया चलिरहेको छ चुनावको नाममा। राजनीतिलाई व्यवसाय बनाउने की सेवाको साधन बनाउने? राजनीतिमा आएर व्यापार व्यवसाय र भ्रष्टीकरण गर्ने की देश र जनताको पक्षमा, सेवकको रुपमा काम गर्ने । यति खेर यो दुईटाको बीचको लडाइ चलेको छ’, उनले भने।  

स्थानीय तहमा सही जनप्रतिनिधि छान्न नपाएका कारण संविधानले निर्दिष्ट गरेका २२ बुँदे अधिकार कार्यान्वयन नभएको उनको भनाइ छ। 

ठूलो राजनीतिक परिवर्तन हुँदा पनि जनताले त्यसको अनुभूति गर्न नपाएको उनले बताए। खानेपानी, शिक्षा, स्वास्थ्य, बाटोघाटो,बिजुली लगायत न्यूनतम मानवीय र भौतिक विकास हुन नसकेको भन्दै नेता पोखरेलले पाँच वर्षका कामको समीक्षा गर्नुपर्ने बताए। 

‘अहिले पनि आम मान्छे आफ्ना नानीबाबुलाई राम्रो स्कुलमा पढाउन पाएका छैनन्। सामुदायिक स्कुल भए पनि गुणात्मक संस्थाका रुपमा बदलिएका छैन’, उनले भने,  ‘अहिले पनि कुनै ठूलो रोग लाग्यो भने हामी कुनै राम्रा अस्पतालमा गएर उपचार गर्न सक्दैनौं। सरकारी अस्पतालहरु त छन्। तर भनेजस्तो सेवा हामी प्राप्त गर्न सकेका छैनौं।’

नेता पोखरेलले राजनीतिमा मौलाएको भ्रष्टीकरणविरुद्ध देश र जनताको हितमा काम गर्न माओवादी पार्टी त्यस दिशामा अगाडि बढेको दाबी गर्दै यो बाटो सजिलो नरहेको बताए। 

ठूलो राजनीतिक परिवर्तन माओवादीकै दसवर्षे जनयुद्ध तथा जनआन्दोलनले भएका बताउँदै उनले स्थानीय स्तरमा रहेका विकृति विसंगति हटाउन र परिवर्तनको प्रत्याभूति गराउन माओवादी केन्द्रलाई भोट दिएर जिताउन आग्रह गरे। 

माओवादी केन्द्रबाट बटेश्वर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार पदम लामा र उपाध्यक्ष रेखाकुमारी महतोसहित उम्मेदवारले पाँचवटै वडामा घरदैलो सम्पन्न गरेसंगै चुनावीसभा पनि सकाएको जनाएको छ। वडा नं. १ का माओवादी केन्द्रका वडा अध्यक्ष  रामचन्द्र महतोको अध्यक्षतामा चुनावी सभा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .