निर्वाचन विशेष


शक्ति प्रदर्शनसहित चितवनमा चुनावी सभा गर्दै एमाले (भिडिओ)

शक्ति प्रदर्शनसहित चितवनमा चुनावी सभा गर्दै एमाले (भिडिओ)

तस्बिर/भिडिओ: विक्रम राई/नेपालखबर


सागर न्यौपाने
बैशाख २४, २०७९ शनिबार ११:१, चितवन

नेकपा एमालेले चितवनमा आइतबार बृहत् चुनावी सभा गर्दै छ। क्याम्पा चौरमा १ बजे हुने सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्।

त्यसबाहेक उपाध्यक्ष रामबहादुर थापा, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि चुनावी सभालाई सम्बोधन गर्ने एमाले बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले जानकारी दिए।

पाण्डे भरतपुर महानगरपालिकाको चुनावी ‘कमान्डर’ हुन्। चितवन थापाको गृहजिल्ला हो, उनी शुक्रबार यहाँ आइपुगेका हुन्।

त्यसबाहेक चुनावी सभामा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले पनि सम्बोधन गर्ने तयारी छ। चितवनमा एमाले र राप्रपाबीच गठबन्धन छ। 

‘कार्यक्रम एमालेको आयोजनामा भए पनि विक्रमजीले पनि सम्बोधन गर्ने सम्भावना छ’, अधिकारीले नेपालखबरसँग भने, ‘किनभने यहाँ राप्रपासँग हाम्रो गठबन्धन छ।’ 

सहभागीलाई व्यापक बनाउन निःशुल्क यातायात 
एमालेको चुनावी सभामा सहभागिता व्यापक बनाउन विभिन्न स्थानबाट नागरिक सभास्थल ल्याउन र लैजान निःशुल्क गाडीको व्यवस्था गरिएको प्रचार गरिएको छ। हिजोदेखि नै वडा नम्बर २१, २६ र २० लगायत वडामा माइकिङ गरेर त्यसको प्रचार गरिएको छ। 

सहभागी व्यापक बनाउन प्रचार प्रसार तीव्र पारिएको छ, शनिबार  भरतपुर बसपार्क हुँदै, पुल्चोक नारायणगढ र क्याम्पाचौर आसपास मोटरसाइकल र्‍याली गरिएको अधिकारीले बताए।

चुनावी सभाबारे एमाले चितवनले शनिबार १ः३० मा पत्रकार सम्मेलन गर्दै छ।

‘कार्यक्रम भव्य बनाउन कुनै कसर बाँकी राख्दैनौ, ५ दलीय गठबन्धनले भन्दा धेरै ठूलो जनमानस उतारेर सभा गर्छौं’, अधिकारीले थपे।

यसैबीच एमालेको भरतपुर प्रमुखका उम्मेदवार विजय सुवेदी, चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेसहित जिल्ला नेताहरूको उपस्थितिमा पर्साघाटमा क्षेत्रीय चुनावी सभा राखेको छ।

सुवेदी अहिले भरतपुरको वडा २६ को घरदैलो अभियानमा छन्। पाँच दलीय गठबन्धनले शनिबार वडा २७ र २८ मा घरदैलो अभियान गर्दै छ। 

हेर्नुहोस् चितवनमा एमालेको शक्ति प्रदर्शन
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .