ललितपुरमा झण्डै ७४ प्रतिशत मत खसेको छ। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ललितपुरमा ७३ दशमलव ७१ मत खसेको जानकारी दिएका छन्।
उनले ललितपुरका दुई लाख ४३ हजार मतदातामध्ये ७३ दशमलव ७१ मत खसेको बताए।
उनका अनुसार स्थानीय तह निर्वाचनका लागि ललितपुरमा १३१ मतदान स्थल र २४८ मतदान केन्द्र निर्धारण गरिएको थियो।
स्थानीय प्रशासनले जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी उपाध्यायले सबै मतदान स्थलबाट सम्बन्धित तहको केन्द्रसम्म मतपेटिका ढुवानी भइरहेको पनि बताए।
उनले शनिबार बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण गरिने पनि बताए।
240
Shares
प्रतिक्रिया