ad ad

निर्वाचन विशेष


बाजुरामा कांग्रेसका पाण्डेले जिते, एमालेका थापा ५ हजारभन्दा बढी मतान्तरले हारे

बाजुरामा कांग्रेसका पाण्डेले  जिते, एमालेका थापा ५ हजारभन्दा बढी मतान्तरले हारे

गोकुल जोशी
मंसिर १८, २०७९ आइतबार ९:३५, कञ्चनपुर

बाजुराको प्रतिनिधि सभा क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार पाण्डे ३१ हजार ७८६ मतसहित विजयी भएका हुन।

उनले प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले हराएका हुन्। पराजित थापाले २६ हजार ३ सय ४९ मत पाए।

विजयी पाण्डे कांग्रेसका सहमहामन्त्री हुन्। 

राप्रपाका जंगकुमार गिरीले २०७, स्वतन्त्र टेकबहादुर बढुवालले ११४ र जनता समाजवादी पार्टीका रामबहादुर शाहीले ७३  मत पाएका छन्।

यसअघि ०७४ को चुनावमा बाजुराबाट वाम गठबन्धनको साझा उम्मेदवार बनेर नेकपा एमालेका लालबहादुर थापा संघीय सांसदमा निर्वाचित भएका थिए। 

प्रदेश सभा १ मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही र प्रदेश सभा २ मा कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएको घोषणा यसअघि नै भइसकेको छ।

बाजुरा प्रतिनिधिसभाको नतिजा सार्वजनिक भएसँगै १६५ क्षेत्रमध्ये १६४ सिटको परिणाम आइसकेको छ। अब दोलखाको मात्रै अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .