ad ad

राजनीति


समानुपातिक : बाजुरा र दोलखाको मत मात्र गन्न बाँकी, हेर्नुहोस् ताजा सूची

समानुपातिक : बाजुरा र दोलखाको मत मात्र गन्न बाँकी, हेर्नुहोस् ताजा सूची

नेपालखबर
मंसिर १८, २०७९ आइतबार ८:२०, काठमाडौँ

यही मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत जारी मत गणना अब सकिने चरणमा पुगेको छ। 

यो खबर तयार पार्दासम्म प्रतिनिधिसभा प्रत्यक्षतर्फका १६५ सिटमध्ये १६३  वटाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।

अब बाजुरा र दोलखाको नतिजा आउन मात्र बाँकी छ। त्यहाँ मत गणना जारी छ। 

प्रतिनिधिसभा समानुपातिकतर्फ पनि यिनै दुई जिल्लाको मत मात्र जोड्न बाँकी रहेको निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। 

‘बाजुरा र दोलखाको मत विवरण हामी (निर्वाचन आयोग) कहाँ आइपुगेको छैन। यी दुई जिल्लाको समानुपातिक मत इन्ट्री गर्न बाँकी छ,’ सहायक प्रवक्ता अर्यालले आइतबार बिहान नेपालखबरसँग भने।  

उनका अनुसार समानुपातिकतर्फ अब दोलखामा ८० हजारभन्दा केही बढी रर बाजुरामा ६५–७० हजारजति मत हुने अनुमान गरिएको छ। अहिलेसम्म गणना गरिएको समानुपातिक मतमध्ये १ करोड ४ लाख २० हजार १ सय २५ मत सदर भएको आयोगको तथ्यांकले देखाएको छ।

प्रतिनिधिसभा समानुपातिकतर्फ अहिलेसम्म सात दलले मात्र थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मापदण्ड पूरा गरेका छन्। आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाइसकेका हुन्। 

लगभग डेढ लाख मत गन्न बाँकी रहँदा सत्तारुढ नेकपा एकीकृत समाजवादी पनि थ्रेसहोल्ड कटाउने संघर्ष गरिरहेको छ। यो खबर तयार पार्दासम्म उसले ३ लाख ९४ हजार ५ सय २३ समानुपातिक भोट ल्याएको छ।

आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार अहिलेसम्मको आकलनले थ्रेसहोल्डको सीमा ३ लाख १७–१८ हजार मतमा पुग्ने देखिएको छ। 

कूल सदर मतको ३ प्रतिशत मतलाई थ्रेसहोल्डको सीमा तोकिएको छ। प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको दलले थ्रेसहोल्ड कटाए राष्ट्रिय दलको मान्यता पाउँछन्। प्रत्यक्षतर्फ एउटा पनि सिट नजितेका दलले पनि समानुपातिकतर्फ थ्रेसहोल्ड पार गरे मतको संख्याअनुसार सांसद राख्न पाउँछन्। तर यस्तो कुनै पनि दल देखिएन। 

अहिलेसम्म कुन दलले कति समानुपातिक मत ल्याए? हेर्नुहोस् ताजा सूची :

नेकपा एमाले 
२७,८८,३५६

नेपाली कांग्रेस
२६,६०,२४६

एकल चिह्न गोलाकारभित्र हँसिया–हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
११,६२,१२४

राष्ट्रिय स्वतन्त्र पार्टी
११,२४,५४३

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,६३८

जनता समाजवादी पार्टी, नेपाल
४,२०,९४६

जनमत पार्टी
३,९४,५२३

नेकपा एकीकृत समाजवादी
२,९४,३६२

नागरिक उन्मुक्ति पार्टी
२,७१,६६२

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२८१

नेपाल मजदुर किसान पार्टी
७५,०५७

हाम्रो नेपाली पार्टी
५५,६१८

मंगोल नेसनल अर्गनाइजेसन
४८,८१८

राष्ट्रिय जनमोर्चा
४६,३८२

नेपाल संघीय समाजवादी पार्टी
४१,८०७

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
३०,४१९

राष्ट्रिय जनमुक्ति पार्टी
२३,९२८

जनता प्रगतिशिल पार्टी, नेपाल
१८,०४८

एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी)
१७,८६४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,७९७

बहुजन एकता पार्टी नेपाल
१७,०६५

नेपाली कांग्रेस (बीपी)
१२,४७८

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२,२७०

नेपाली जनता दल
९,९७६

बहुजन शक्ति पार्टी
९,४३५

नेपालका लागि नेपाली पार्टी
८,४०१

नेपाल कम्युनिस्ट पार्टी
७,९९७

नेपाल लोकतान्त्रिक पार्टी
७,६९२

नेपाल जनता पार्टी
७,५०६

नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,३८०

मितेरी पार्टी नेपाल
७,०४३

जनजागरण पार्टी नेपाल
६,५३६

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,४०९

तराई मधेश लोकतान्त्रिक पार्टी
५,९६८

जनसमाजवादी पार्टी, नेपाल
५,८७२

एकल चिह्न गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिस्ट पार्टी (समाजवादी/नेपाल दलित पार्टी)
५,७९६

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,१०१

विवेकशील साझा पार्टी
४,०३९

एकीकृत शक्ति नेपाल
३,७७६

नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
३,६९४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,४०४

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३३२

मौलिक जरोकिलो पार्टी
३,२३५

नेपाल समावेशी पार्टी
२,९५२

नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
२,१९१

राष्ट्रिय नागरिक पार्टी
२,१४३

नेस्ननलिस्ट पिपल्स पार्टी
२,०१५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .