ad ad

निर्वाचन विशेष


बागलुङको ढोरपाटन नगरपालिकामा गठबन्धनविरुद्ध एमाले विजयी

बागलुङको ढोरपाटन नगरपालिकामा गठबन्धनविरुद्ध एमाले विजयी

नेपालखबर
जेठ ३, २०७९ मंगलबार ९:३७, काठमाडौँ

बागलुङको ढोरपाटन नगरपालिकामा नेकपा एमालेले सत्तागठबन्धनलाई हराएको छ।

यहाँ एमालेका देवकुमार नेपाली मेयरमा निर्वाचित भएका छन्। 

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका चन्द्रलाल अर्याललाई ६ सय मतले पछि पार्दै नेपालीले दोस्रो कार्यकाल पक्का गरेका हुन्। 

विजयी भएका नेपालीको पक्षमा ५ हजार ७३५ मत परेको छ। पराजित भएका अर्यालले ५ हजार १३५ मत ल्याए 

तर उपमेयरमा गठबन्धनका धनबहादुर कायत विजयी भए।

यहाँ कांग्रेस उम्मेदवार कायतको पक्षमा ५ हजार ६५० मत खसको थियो।

एमालेको समर्थन लिएर राष्ट्रिय जनमोर्चाको विद्रोही समूहकी ताराकुमारी पुनको पक्षमा ४ हजार ४८४ मत खस्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .