कञ्चनपुरको पुनर्वास नगरपालिकामा मतदान सम्पन्न भएको छ। पुनर्वास नगरपालिका–१० मा पुनः मतदान गरिएको हो।
वडा नं १० स्थित विजय माध्यमिक विद्यालयको मतदान स्थलमा नेकपा माओवादी केन्द्रका नेताहरुले फर्जी मतदातालाई मतदान गर्न लगाएपछि मतदान स्थगित गरिएको थियो।
आज भएको निर्वाचनमा २ हजार २ सय ३८ मतदाताले मतदान गरेको निर्वाचन अधिकृत किरण जोशीले बताइन्।
‘शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ,’ उनले भनिन्, ‘आजै मत गणना सुरु गर्छौं।’
पुनर्वासको मत गणना गर्नका लागि सर्वदलीय बैठक बसिरहेको उनको भनाई छ।
‘सबै दलका प्रतिनिधिहरुसँग छलफल गरिरहेका छौं,’ उनले भनिन्, ‘नगरपालिकाको भवनमा साढे ८ बजेदेखि गणना सुरु गर्छौं।’
234
Shares

प्रतिक्रिया