ad ad

निर्वाचन विशेष


धरानमा विवाद भएको वडाको मतगणना रोकी अन्य वडाको गणना गर्ने तयारी

धरानमा विवाद भएको वडाको मतगणना रोकी अन्य वडाको गणना गर्ने तयारी

नेपालखबर
जेठ ४, २०७९ बुधबार १९:४१, विराटनगर

विवाद रहेको धरान वडाको मतगणना रोकेर अन्य वडाको मतगणना गर्ने तयारी भएको छ।

धरानमा धरान (२) को मतगणनामा विवाद भएपछि स्थगित भएको मतगणना अहिले ७ बजे देखि २० नम्बर बाहेकका वडाहरूमा सुचारु गर्ने तयारी भएको हो। 

धरान २० नम्बर वडाको मतगणना स्थगित गरी अरू वडा ८, ११ र १२ नम्बर वडाको मत गणना सुचारु गर्ने तयारी भइरहेको सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले जानकारी दिए। 

केही वडाहरूमा मतगणना सकिन लागेको अवस्थामा रहेकोले गणना सके पछि तुरुन्त अरू वडाको गणना गरिने खतिवडाले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .