ad ad

निर्वाचन विशेष


विवादले रोकिएको तिलोत्तमाका दुई वटा वडामा पुनः मतगणना हुने

विवादले रोकिएको तिलोत्तमाका दुई वटा वडामा पुनः मतगणना हुने

नेपालखबर
जेठ ४, २०७९ बुधबार १९:५३, काठमाडौँ

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रोकिएको मतगणना बुधबार रातिबाट सुरु हुने भएको छ। वडा नम्बर २ र १६ को मतगणनाका क्रममा विवाद भएपछि मंगलबार बिहानदेखि गणना रोकिएको थियो। विवाद भएका दुई वडामा पुन मतगणना सुरु हुने छ।

मतगणनामा खटिएका कर्मचारीले गणनापछि रेकर्ड राख्दा संख्या तलमाथि भएपछि विवाद भएको थियो। वडा नम्बर १६ को मतगणना चलिरहँदा गणनामा खटिएका कर्मचारीले कांग्रेसको १४१ हुन पर्नेमा ११४ राखिएको तथा नेकपा एमालेको २५९ हुनु पर्नेमा २९६ रेर्कडमा चढाएपछि नेपाली कांग्रेसले विरोध गरेको थियो।

मतगणना स्थलमा कांग्रेस समर्थकले नाराबाजी गरेपछि हिजो बिहानदेखि मतगणना समेत स्थगित भएको थियो। मंगलबार दिउसो एमाले बाहेकका दलहरुले पत्रकार सम्मेलन गरेर मत गणनामा खटिएका कर्मचारीहरुले नियतबस परिणाम तलमाथि पार्ने काम गरेको भन्दै ती कर्मचारी हटाउन र मतपत्रहरुको यथार्थ छानबिन गरी पुनः मतगणनाको व्यवस्था मिलाउन माग गरेका थिए।

उनीहरुले पुन मतगणनाको माग गर्दै निर्वाचन आयोगमा समेत निवेदन दिएका थिए। निर्वाचन आयोगले मतगणना चल्दै गरेको २, ३ १५ र १६ को हकमा पुन मतगणना गर्न निवेदन दर्ता भएको हकमा पुन मतगणना गर्न सकिने भन्दै निर्देशन दिएको थियो।

वडा नम्बर २ र १६ को लागि मात्र निवेदन आएकाले यी दुई वडामा मात्र पुन मतगणना हुने तिलोत्तमाका निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले जानकारी दिए। बाँकी ३ र १५ मा जहाँ मतगणना रोकिएको छ त्यहीबाट सुरु हुने उनले बताए।

निर्वाचन आयोगको पत्र आएपछि सर्वदलीय बैठकमा आयोगको निर्देशन अनुसार मतगणना गर्ने सहमती भएको छ। यस्तै सकभर तिलोत्तमा नगरपालिकाका कर्मचारी नराखी निजामती सेवाका कर्मचारी खटाउने उनले बताए।  

निर्वाचन अधिकृत लोहनीले आजै रातिबाट ९ बजेबाट २ र १६ को मतगणना सुरु हुने र भोलि ३ र १५ को पनि गणना अघि बढाउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .