ad ad

निर्वाचन विशेष


धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका एमालेबाट जसपाले खोस्यो

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका एमालेबाट जसपाले खोस्यो

नेपालखबर
जेठ ४, २०७९ बुधबार २०:५७, काठमाडौँ

नेकपा एमालेको गढ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका  जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ।

एमालेको किल्ला भत्काउँदै जसपाले पालिका अध्यक्ष र उपाध्यक्ष जित हात पारेको हो। 

अध्यक्षमा जसपाका जयकुमार यादव र उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित भएका छन्। 

यादव ५ हजार ४१० मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामवावु यादवले २ हजार ४५५ मत ल्याएका छन्।  
तेश्रोमा एमालेका शुशिल कुमार यादव १७६८ मत ल्याएका छन्। 

यस्तै, उपाध्यक्षमा जसपाकै सैदा खातुन ४ हजार ४१४ मत ल्याएर निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अनिता कुमारीले ३ हजार १५२ मतमा सिमित भइन्। 

तेश्रोमा एमालेकी अंजल साह १८६५ मत  पाएकी छन्। 

२०७४ मा यो गाउँपालिका एमालेले जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .