ad ad

निर्वाचन विशेष


२०७४ मा एमालेबाट ७४ मतले हारेका रामअशिष कांग्रेसबाट विजयी

२०७४ मा एमालेबाट ७४ मतले हारेका रामअशिष कांग्रेसबाट विजयी

नेपालखबर
जेठ ४, २०७९ बुधबार २२:५, जनकपुरधाम

नेकपा एमालेको गढ धनुषाको बटेश्वर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। पाँचवटा वडा रहेको बटेश्वर गाउँपालिकामा वडा नं. २ को वडाध्यक्ष बाहेक पालिकामाथि नै कब्जा जमाएको छ।

कांग्रेसका रामअशिष महतोले पालिका अध्यक्षमा ९८१ मतले विजयी भएका हुन्। उनले ४ हजार १८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामसुन्दर महतो ३ हजार ३७ मतमा सिमित भए।

यस्तै, उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी सिंह ३ हजार ६०१ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकै रेणु कुमारी पुलामी २ हजार ९५७ मत ल्याएकी छन्।

पालिका अध्यक्षमा निर्वाचित भएका रामअशिष २०७४ को स्थानीय निर्वाचनमा ७४ मतले एमालेका उम्मेदवार डम्बरबहादुर राउत क्षेत्रीसँग पराजित भएका थिए।

सो निर्वाचनमा एमाले अध्यक्ष उपाध्यक्षसहित दुई वडामा जितेको थियो। यस पटक भने कांग्रेसले एमालेलाई क्लिन स्वीप गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .