ad ad

निर्वाचन विशेष


हलेसीमा एमाले-माओवादी गठबन्धनलाई पराजित गर्दै कांग्रेस विजयी

हलेसीमा एमाले-माओवादी गठबन्धनलाई पराजित गर्दै कांग्रेस विजयी

नेपालखबर
जेठ ४, २०७९ बुधबार २३:१७, काठमाडौँ

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा चारदलीय गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेस विजयी भएको छ।

प्रमुखमा बिमला राई र उपप्रमुखमा रमेश राउत निर्वाचित भएका हुन्। बिमलाले ६ हजार ३१७ मत पाउँदा एमालेका खडेन्द्र राईले ५ हजार ९६६ मत ल्याए।

राई नगरप्रमुखमा दोश्रो पटक पराजित भएका हुन्। बिमला यसअघि उपमेयरमा निर्वाचित भएकी थिइन्।

खडेन्द्र यसअघि पनि कांग्रेसकै उम्मेदवार इवन राईसँग झण्डै ४ सय मतले पराजित भएका थिए। त्यतिबेला इवनले ४ हजार ३९७ मत र खडेन्द्रले ३ हजार ९९९ मत पाएका थिए।

माओवादीका हरी गिरीले १ हजार ६८६ मत पाएका थिए। यसपटक माओवादीको समेत साथ पाउँदा पनि खडेन्द्र निवार्नचित हुन सकेनन्।

बिमलाले भने २०७४ सालमा सर्वाधिक मत पाएकी थिइन्। त्यतिबेला उनले ४ हजार ४८६ मत ल्याएर निर्वाचित भएकी थिइन्।

यस्तै उपप्रमुखमा निर्वाचित राउतले ५ हजार ९३४ मत पाए। उनले माओवादीका अमेम्बर राईलाई पराजित गरेका हुन्।

अमेम्बरले ५ हजार ६६१ मत पाए।

एमालेबाट उपमेयरमा र माओवादीले मेयरमा पनि उम्मेदवारी दर्ता गरेका थिए। तर पछि आफ्ना उम्मेदवारलाई मत नमागि गुपचुप गठबन्धन गरेका थिए।

केन्द्रमा बनेको ५ दलीय गठबन्धनमा गठबन्धन बाहिरका दलसँग नमिल्ने भनेपनि हलेसी तुवाचुङ नगरपालिकामा भने गठबन्धनकै तीन दल माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एमालेसँग वडा तहसम्मै तालमेल गरेका थिए।

कांग्रेसविरुद्ध गठबन्धन गरेका दलहरु हलेसीमा कमजोर देखिएका छन्। नगरपालिकाका ११ मध्ये ३ वटामा गठबन्धनका उम्मेदवार र ८ वटा वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

जिल्लाका अन्य पालिकामा भने केहीमा तालमेल र केहीमा एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए। जिल्लाका २ नगरसहित १० पालिकामध्ये नेपाली कांग्रेस ६ पालिका प्रमुखमा विजयी भएको छ।

माओवादी २ र एमालेले २ पालिका प्रमुख जितेको छ। यसअघि माओवादी एक, कांग्रेस ४ र एमाले ५ पालिकामा विजयी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .