ad ad

निर्वाचन विशेष


सिर्जना सिंह भन्छिन् : के कारणले मत बाँडियो अचम्म लागेको छ

सिर्जना सिंह भन्छिन् : के कारणले मत बाँडियो अचम्म लागेको छ

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १५:०, काठमाडौँ

काठमाडौं महानगरपालिकामा कांग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले मत बाँडिएकोमा ‘अचम्म’ लागेको बताएकी छिन्। 

मतगणनास्थल राष्ट्रियसभा पुगेकी सिंहले संचारकर्मीसँग कुराकानी गर्दै आफ्नो पक्षमा आएको एक भोटको पनि सम्मान गर्ने बताइन्। ‘के कारणले मत बाँडियो भन्नेमा हामीलाई पनि अचम्मै लागिरहेको छ। हामी हेर्दैछौं,’ उनले भनिन्, ‘अझ बाँकी भएको कारणले राम्रो हुन्छ भन्नेमा विश्वसनीय छौं।’

अहिलेसम्म आएको परिणामलाई सहज रुपमा लिएको भन्दै मेयरमा जित्नेमा आशावादी रहेको उनले बताइन्। ‘मैले परिणामलाई सहज रुपमै लिएको छु। म एक भोटको पनि सम्मान गर्छु’ सिंहले भनिन्,‘सबै गणना भइसकेपछि मात्र बोल्छौं। अहिले नै बोल्दा अलिक हतार हुन्छ होला। सकिएको वडामा यो भन्दा राम्रो आउनपर्थ्याे भन्ने हामीलाई लागेको छ।’

वडा र मेयरमा के कारणले मत बाँडियो तर भन्ने संचारकर्मीको प्रश्नको जवाफमा उनले भनिन्,‘के कारणले मत बाँडियो भन्नेमा हामीलाई पनि अचम्मै लागिरहेको छ। हामी हेर्दैछौं। अझ बाँकी भएको कारणले राम्रो हुन्छ भन्नेमा विश्वसनीय छौं। जित्ने आशा अझै छ।’

अहिले नै मत किन आएर भनेर बोल्दा हतार हुने उनले बताइन्। ‘वडामा जित्दा मेयरमा किन मत आएन भनेर अहिले नै बोल्दा अलिक हतार हुन्छ होला,’ उनले भनिन्, ‘यस्तो डिफरेन्स होला भन्ने सोचिएको चैं थिएन। धेरै मतगणना गर्न बाँकी भएकाले म धेरै आशावादी छु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .