ad ad

निर्वाचन विशेष


विराटनगर : नागेशको अग्रता ५५४०

विराटनगर : नागेशको अग्रता ५५४०

नेपालखबर
जेठ ५, २०७९ बिहिबार २१:२६, काठमाडौँ

विराटनगर महानगरपालिकामा गठबन्धनका उम्मेदवार नागेश कोइरालाले एमालेसँगको मतान्तर थप फराकिलो पार्दै लगेका छन्।   

पछिल्लो मत परिणाम अनुसार ६६ हजार २७२ मतगणनाको नतिजा सार्वजनिक हुँदासम्म प्रमुखमा नेपाली कांग्रेसले ५ हजार ५४० को मतान्तरले बनाएको छ।   

विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोईरालाले २१ हजार ४२२ मत प्राप्त गर्दा उनलाई नेकपा एमालेका सागरकुमार थापाले पछ्याउँदै १५ हजार ८८२ मत प्राप्त गरेका छन्।

प्रमुखमा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ६ हजार ७५३ मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले १८ हजार ४६९ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले १० हजार ८०३ मत प्राप्त गरेका छन्।  

राप्रपाकी विन्दाकुमारी लुईँटेल आचार्यले ४ हजार ९९६ मत ल्याएकी छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .