उदयपुरको त्रियुगा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बसन्त बस्नेत विजयी भएका छन्।
सोमबार सम्पन्न मतगणनाको परिणाम अनुसार निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भागवत राउतलाई दुई हजार बढी मत ल्याएर उनी नगर प्रमुखमा विजयी भएका हुन्।
बस्नेतले १३ हजार ९५९ मत पाउँदा एमालेका राउतले ११ हजार ८७३ मत ल्याएका छन्। अर्का प्रतिस्पर्धी निवर्तमान नगर प्रमुख नेकपा एकीकृत समाजवादीका उम्मेदवार बलदेव चौधरीले ९ हजार १४७ मत पाएका छन्।
नगर उपप्रमुखमा एमालेकी महेश्वरी राई विजयी भएकी छन्। उनी कांग्रेस उम्मेदवार सरिता राईलाई १ हजार ७२२ मतले पराजित गर्दै उपप्रमुखमा विजयी भएकी हुन्।
एमालेकी महेश्वरीले १३ हजार ७०३ मत र कांग्रेसकी सरिताले ११ हजार ९८१ मत ल्याएकी छन।
126
Shares
प्रतिक्रिया