ad ad

रोजगार


कांग्रेसले गर्‍यो चुनाव केन्द्रीत देशव्यापी अभियानको समयावधि हेरफेर

कांग्रेसले गर्‍यो चुनाव केन्द्रीत देशव्यापी अभियानको समयावधि हेरफेर

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०७९ शनिबार ११:५, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसले आसन्न चुनाव केन्द्रीत देशव्यापी अभियानको समयावधि हेरफेर गरेको छ।

केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान बसेको कार्यसम्पादन समिति बैठकले चुनाव केन्द्रीत देशव्यापी अभियानको समयावधि हेरफेर गरेको हो। 

बैठकले चुनाव केन्द्रीत अभियान आगामी भदौ १० देखि २४ गतेसम्म गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

यसअघि साउन २३ गते बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले भदौ २ देखि २४ सम्म अभियान सञ्चालन गर्ने सहमति जुटाएको थियो। 

महामन्त्री गगन थापाका अनुसार निर्वाचन केन्द्रित अभियानका लागि सबै केन्द्रीय सदस्यहरुलाई जिल्ला–जिल्ला खटाइने छ।

कांग्रेसले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुका लागि साउन ३० र ३१ गते अभिमुखिकरण कार्यक्रम गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .