ad ad

रोजगार


शेरबहादुर देउवा आफ्नो क्षमताले पाँच पटक प्रधानमन्त्री बन्नुभयो : परराष्ट्रमन्त्री साउद

शेरबहादुर देउवा आफ्नो क्षमताले पाँच पटक प्रधानमन्त्री बन्नुभयो : परराष्ट्रमन्त्री साउद

नेपालखबर
असार १७, २०८० आइतबार १३:२१, अछाम

परराष्ट्रमन्त्री एनपी साउदले शेरबहादुर देउवा आफ्नो क्षमताका कारण देशको नेतृत्वमा पुगेको बताएका छन्। 

नेपाली कांग्रेस गाउँ कार्यसमिति चौरपाटी अछामद्वारा आइतबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘धेरै मान्छेले भन्छन शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका भन्छन्। तर उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन’, उनले भने, ‘तपाईं कसैलाई पाउनु हुन्छ ५ पटक लट्री परेको मान्छे? कहीँ ५ पटक एकै मान्छेलाई लट्री पर्छ?  शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो।’ 

देउवा पार्टीको विचारले प्रधानमन्त्री भएको दाबी गरे। ‘नेतामा योग्यता, पार्टीमा विचार र चिन्तनले यो कुरा भएको हो। किन भने यो पार्टी सबै पार्टीलाई सँगसँगै लैजान सक्ने पार्टी हो,’ उनले भने, ‘अन्तराष्ट्रिय शक्तिलाई आश्वस्त र विश्वस्त पार्न सक्छौँ। लगानीमैत्री वातावरण बनाएर आर्थिक वृद्धिको प्रक्रियालाई अगाडि बढाउन सक्ने भएकाले हामी लोकतन्त्रका सबैभन्दा भरपर्दो पार्टी हौँ।’

उनले देशमा नयाँ नयाँ पार्टी आइरहेका बताउँदै उनीहरुको सोसल मिडियाबाहेक कतै संगठन नरहेको पनि जिकिर गरे।

‘उनीहरु अर्का पार्टीका कार्यकर्तालाई हामीलाइ भोट दिनु भन्छन्। पार्टी पद्धतिमा विश्वास गर्दैनन्। पार्टी पद्धतिमा विश्वास नगर्नेले देश चलाउन सक्दैनन्। त्यही भएर लगातार विवादमा परिराखेका छन्,’ उनले अगाडि भने। 

कम्युनिष्टहरुले देश बनाउन नसक्ने तर्क पनि उनले गरे। ‘वामपन्थीको चिन्तन उत्पादन नबढाउने, वितरण मात्रै बढाउने हुन्छ। बाँड्दै जाँदा सबैलाई पुग्ने गरि बाँड्नु पर्छ’, उनले थपे, ‘तर उनीहरु सबैलाई पुग्ने गरि बाँड्दैनन। कतै धेरै त कतै अनिकाल पर्ने गरि वितरण गर्छन। आर्थिक अनिकाल आउने परिस्थितिको निर्माण एमाले नेतृत्वको सरकारले गरेको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .