ad ad

रोजगार


ईपीएस कोरिया शाखाले बोलायो आफूविरुद्ध अदालत गएका सुरज पाठकसहित १८ आवेदकलाई

ईपीएस कोरिया शाखाले बोलायो आफूविरुद्ध अदालत गएका सुरज पाठकसहित १८ आवेदकलाई

नेपालखबर
पुस १२, २०८० बिहिबार १३:५३, काठमाडौँ

अन्य क्षेत्रतर्फ सामेल भइसके पनि उत्पादनमूलक क्षेत्र (म्यानुफ्याक्चरिङ सेक्टर) मा पनि  कोरियन भाषा परीक्षाको फाराम भर्न पाउनुपर्ने माग राखी अदालतमा निवेदन दिएका १८ आवेदकलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले बोलाएको छ। 

म्यानुफ्याक्चरिङ सेक्टरतर्फ कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गर्दै गत मंसिर १९ गते प्रकाशन गरेको सूचनाविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका सुरज पाठकसमेत १८ जनालाई ईपीएस कोरिया शाखाले यही पुस १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेभित्र सम्पर्क गर्न अनुरोध गरेको हो।

उक्त दिन तोकिएको समयभित्र ललितपुरको ग्वार्काेस्थित ईपीएस शाखामा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिपबिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिएर आउन भनिएको छ। 

ईपीएस शाखाको सूचनामा भनिएको छ– ‘तोकिएको मितिमा सम्पर्क हुन नआएको खण्डमा यस शाखा जवाफदेही नहुने बेहोरासमेत अनुरोध छ।’

ईपीएस शाखाले गत मंसिर १९ गते म्यानुफ्याक्चरिङ सेक्टरतर्फ कोरियन भाषा परीक्षाको आवेदन फाराम भर्न सूचना प्रकाशन गरेको थियो भने सन् २०२३ भित्र अन्य क्षेत्रतर्फ कोरियन भाषाको परीक्षाका लागि आवेदन दिएका आवेदकले यस (म्यानुफ्याक्चरिङ सेक्टर) मा फर्म भर्न नपाउने सर्त राखिएको थियो। 

तर त्यसविरुद्ध सन् २०२३ मा सिपबिल्डिङ सेक्टरमा सामेल भएका सुरज पाठकसमेत १८ जनाले म्यानुफ्याक्चरिङ सेक्टरतर्फ पनि आवेदन फाराम भर्न पाउनुपर्ने माग राख्दै ईपीएस शाखा, वैदेशिक रोजगार विभाग, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई विपक्षी बनाई उच्च अदालत पाटनमा निवेदन दिएका थिए। 

यसको सुनुवाइ गर्दै उच्च अदालत पाटनले यही पुस ५ गते निवेदनकहरूका पक्षमा अन्तरिम आदेश जारी गरेको थियो। विपक्षीहरूको नाममा जारी अन्तरिम आदेशमा २०८०/८/१९ को सूचनाबमोजिम २०८०/९/२ गते खुला गरिएको आवेदन फाराम भर्न रोक नलगाउन र निवेदकहरूलाई आवेदन फाराम भर्न दिन भनिएको छ। 

सोबमोजिम ईपीएस कोरिया शाखाले सिपबिल्डिङ सेक्टरमा सामेल भइसकेका उनीहरूलाई म्यानुफ्याक्चरिङ सेक्टरतर्फ पनि कोरियन भाषा परीक्षाको फर्म भर्न बोलाएको हो। 

हेर्नुहोस् सूचना-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .