हिजो (बुधबार) तोलामा २२ सय रुपैयाँ बढेको सुनाको मूल्य आज पनि उल्लेख्य मात्रामा बृद्धि भएको छ। सुनको मूल्य आज तोलामा १६ सय रुपैयाँ बढेको हो। चाँदी पनि आज महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायही महासंघका अनुसार आज सुनको मूल्य एक लाख ६८ हजार पाँचसय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ६६ हजार नौसय थियो।
गएको मंगलबार तोलामा एक हजार नौसय र बुधबार दुई हजार दुईसय रुपैयाँ बढेको सुनको मूल्य आज एक हजार ६ सय बढेको हो।
यो साताको दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य बिगत ३ तीनयता लगातार बढिरहेको छ।
चाँदीको मूल्य पनि आज प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार नौसय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ७५ रुपैयाँ थियो।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।
Shares

प्रतिक्रिया