दाङमा गोली लागेर ८१ वर्षका वृद्धको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका ७ मोतिपुरका नारायण आचार्यको गोली लागेर मृत्यु भएको दाङका प्रहरी प्रमुख अर्जुन तिमल्सिनाले जानकारी दिए।
‘उहाँको घरमा लाइसेन्सप्राप्त बन्दुक थियो। कसरी पड्किएको हो। घटना कसरी भयो अनुसन्धान गर्न डीएसपीको कमाण्डमा टोली खटिएको छ’, एसपी तिमल्सिनाले नेपालखबरसँग भने।
उनको मृत्यु भइसकेको पनि प्रहरीले जनाएको छ। उनी नेपाल रेडक्रस सोसाइटी दाङका पूर्वअध्यक्ष पनि हुन्। प्रारम्भिक सूचना आफैँले गोली चलाएको आए पनि अनुसन्धानपछि मात्रै पुष्टि हुने एसपी तिमल्सिनाले बताए।
321
Shares

प्रतिक्रिया