जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो निरन्तर उपस्थिति जनाइरहने लोकप्रिय गायक तथा सर्जक सूर्य खड्काको यो वर्षको लागि पहिलो तीज गीत ‘चाउली गाला चट्टै’ सार्वजनिक भएको छ।
निकै रमाइलो विषयमा बनाइएको सो गीतको सम्पूर्ण पक्ष उत्कृष्ट रहेको छ। अर्जुन सुवेदीको उत्कृष्ट शब्दमा सूर्य आँफैले लय सिर्जना गरेका छन् भने आवाजमा सूर्यलाई शिवा केसीले साथ दिएकी छन्।
शंकर विसीको निर्देशन रहेको सो गीतमा महेन्द्र गौतम र रिना थापा मगरले नृत्य गरेका छन्। गीतलाई दुर्गा पौडेलले खिचेका हुन् भने गीतमा प्रकाश धमलाको सम्पादन रहेको छ। गीतलाई सूर्य खड्काको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।
18
Shares

प्रतिक्रिया